काठमाडौं : आजदेखि मध्यम तथा लामो दुरीमा चल्ने सवारी साधनको यान्त्रिक परीक्षण गरिने भएको छ। पुराना तथा थोत्रा गाडीका कारण दुर्घटना बढेको भन्दै सरकारले चाडबाडमा दुर्घटना नियन्त्रण गर्न यस्तो व्यवस्था गरेको हो। गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार यातायात व्यवस्था विभागबाट आजदेखि मध्यम तथा लामो दूरीमा चल्ने सवारीसाधनको आधिकारिक बिक्रेता, ट्राफिक प्रहरी र यातायात व्यवसायीको समन्वयमा काठमाडौं उपत्यकाका मुख्य–मुख्य स्थानमा यान्त्रिक परीक्षण गर्ने व्यवस्था मिलाइने छ।&nbs