एक ट्रिलियन अमेरिकी डलर सिक्का जसले अमेरिकालाई कंगाल हुनबाट बचाउन सक्छ ! - NepaliPatra

एजेन्सी । अमेरिकालाई ऋण संकटबाट जोगाउन रिपब्लिकन र डेमोक्रटहरूका लागि समय निकै कम रहेको छ । जुन अगाडी कर्जाको सीमा बढाउने विषयमा कुनै सहमति भएन भने अमेरिका डिफल्ट हुनेछ । अमेरिका सम्पूर्ण विश्वको अर्थतन्त्रको केन्द्रविन्दु भएकाले यसले विश्व अर्थतन्त्रलाई पनि असर गर्छ । हालका दिनहरूमा ह्वाइट हाउस र कांग्रेसमा रिपब्लिकनहरूले वार्ता सकारात्मक दिशामा अघि बढिरहेको […]

सम्बन्धित सामग्री

भारतीय बजेट र दक्षिण एशिया

प्रजातान्त्रिक प्रणालीमा चुनावी वर्षमा पूर्ण बजेट घोषणा गर्न सरकारलाई अधिकार हुँदैन । पूर्ण बजेटका लागि नयाँ जनादेशको आवश्यक हुने गर्छ । सन् २०२४ भारतका लागि चुनावी वर्ष रहेको छ । चुनावी वर्षको पूर्वसन्ध्यामा भारतका अर्थमन्त्री निर्मला सीतारमणले अन्तरिम बजेट पेश गरेकी छन् । भारतको बजेटको पराकम्पन सकारात्मक र नकारात्मक रूपमा खासगरी दक्षिण एशियाली मुलुकहरूमा देख्न सकिन्छ । भारतको अर्थतन्त्र दक्षिण एशियाली अर्थतन्त्रसँग जोडिएको छ । भारतीय अर्थतन्त्रको प्रारूप निर्मला सीतारमणले यस बजेटबाट उद्घोष गरेकी छन् । संसारमा सबभन्दा तीव्र गतिले आर्थिक विकास गरिरहेको अर्थतन्त्रमध्ये भारत प्रमुख रहेको छ । अन्तरराष्ट्रिय मुद्राकोषलगायत संसारका ख्यातिप्राप्त शोध संस्थानका अनुसन्धानअनुसार भारतले ७ प्रतिशतको वृद्धि दर निरन्तर राखेको खण्डमा १८ महीनाभित्र जर्मनीको आर्थिक आकारभन्दा ठूलो हुनेछ भने ३६ महीनाभित्र जापानभन्दा ठूलो हुनेछ । प्रधानमन्त्रीका अर्थ सल्लाहकार सञ्जीव सत्याले एक अन्तर्वार्तामा भारत सन् २०२७ सम्म ५ खर्ब अमेरिकी डलर भएको अर्थतन्त्र हुने दाबी गरेका छन् भने सन् २०३० सम्म ७ खर्ब अमेरिकी डलर भएको अर्थतन्त्र हुनेछ । सन् २०१४ पश्चात् मोदीको आर्थिक नीतिले पूर्वाधार विकासमा फड्को मारेको देखिन्छ । वर्तमान अन्तरिम बजेटको समेत अर्जुनदृष्टि पूर्वाधार विकासमा नै रहेको देखिन्छ । सन् २०२४ को अन्तरिम बजेटले पूर्वाधार विकासको लागि १८ दशमलव ७ लाख करोड विनियोजन गरेको छ । सन् १९४७ देखि हालसम्मको सबभन्दा अधिक लगानी मोदी सरकारले पूर्वाधार विकासमा गरेको देखिन्छ । सन् २०२४ को बजेटको प्रारूपमाथि प्रकाश पार्दै निर्मला सीतारमणले बजेटको लक्ष्यलाई चतुर्भुजीय भनेकी छन् । अर्थात् गरीब, महिला, युवा र किसानलाई केन्द्रमा राखेर बजेटको प्रारूप तयार भएको देखिन्छ । यस पटक सरकार जीएसटीको सफल प्रयोगको रसास्वादन गरिरहेको छ । अर्थात् भारत सरकारले १ दशमलव ९ लाख करोड कर संकलन गरेर नयाँ इतिहास रचेको छ । साथै उक्त बजेटका माध्यमबाट १० करोड करदातालाई राहतसमेत प्रदान गरेको देखिन्छ । यसपटकको बजेटमा सरकारले किसानका लागि विशेष आर्थिक कार्यक्रम उद्घोष गरेकोे देखिन्छ । ११ करोड १० लाख किसानलाई केन्द्रित गर्दै उनीहरूलाई विभिन्न योजनाअन्तर्गत सरकारले २६० अर्ब रकम विद्युतीय माध्यमबाट किसानहरूको बैंक खातामा रकम हस्तान्तरण गरेको छ । ४ करोड किसानको बालीलाई सरकारले बीमा गरिदिएको छ । खुद्रा व्यापारीलाई लक्षित गर्दै सरकारले विनाधितो ७८ लाख व्यापारीहरूलाई ऋण सुविधा प्रदान गरेको देखिन्छ । प्रधानमन्त्री आवास योजनाअन्तर्गत २ करोड जनताले आवास सुविधा प्राप्त गरेका छन् । ती आवास ७० प्रतिशत महिलाको स्वामित्वमा रहेको देखिन्छ । सन् २०२४ को बजेट चुनावको पूर्वसन्ध्यामा आएकाले बजेटले महिलाको हितलाई गम्भीरतापूर्वक लिएको देखिन्छ । तीन तलाक, लखपति दिदीजस्ता कार्यक्रमले समेत महिलाको मनोभावनालाई सम्बोधन गरेको देखिन्छ । बजेटले वैकल्पिक ऊर्जालाई गम्भीरतापूर्वक लिएको देखिन्छ । १ करोड आवासमा सोलार प्यानल जडान गर्ने लक्ष्यसमेत बजेटले लिएको छ । अपांग र विपन्नलाई सम्बोधन गर्दै सरकारले विश्वकर्मा योजना सार्वजनिक गरेको छ । विश्वकर्मा योजनाअन्तर्गत समाजका पीडित र प्रताडित वर्गले शीप विकास गर्न सरकारबाट यथेष्ट सहयोग पाउनेछन् । यस कार्यक्रमअन्तर्गत १ करोड ४ लाख युवा शीप प्राप्त गर्नेछन् । मानव संसाधनलाई दृष्टिगत गर्दै शिक्षा र प्रविधिको विस्तारका लागि सूचनाप्रविधिको ३ हजार तालीम केन्द्र खोल्ने निर्णय गरेको छ । सरकारले भारतमा ख्यातिप्राप्त संस्थानहरूमा साधारण जनताको पहुँच बढाउन उक्त संसाधनहरूको संख्यामा समेत वृद्धि गर्दै आईआईटी र एम्सजस्ता संस्थानको संख्यामा वृद्धि गरेको छ । जनसांख्यिक लाभ नै प्रगतिको प्रमुख आधार भएकाले गर्दा सरकारले विभिन्न रोजगारअन्तर्गत १० लाख नयाँ जागीर प्रत्येक वर्ष निर्माण गर्नुपर्ने हुन्छ । कोरोनाको कहरमा भारतमा तीव्र दरले बेरोजगारी बढेको थियो । बेरोजगारी दर २४ प्रतिशत देखिएको थियो । वर्तमान परिवेशमा आर्थिक सुधारले गर्दा उक्त दर ७ प्रतिशतमा झरेको देखिन्छ । सन् २०१४ देखि सन् २०२३ सम्म २५ करोड मान्छे निम्न वर्गबाट मध्यम वर्गमा प्रवेश गरेका छन् । मध्यम वर्गमा रूपान्तरण हुनेबित्तिकै जीवनमा पहिलोपटक फ्रिज, वासिङ मेशिन, मोटरसाइकल र कारको आकांक्षा राखेको हुन्छ जसले गर्दा घरेलु व्यापार चलायमान हुन जान्छ । एक सर्वेक्षणका अनुसार सन् २०२३ मा ३८ लाख कार व्यक्तिगत प्रयोजनका लागि भारतमा विक्री भएको देखिन्छ । सन् २०२३ मा १ करोड ६० लाख मोटरसाइकल विक्री भएको छ । सन् २०२४ को बजेटमा सरकार अर्थतन्त्रको मेरूदण्डलाई बलियो बनाउन गम्भीर रहेको देखिन्छ । यस अर्थमा खाद्यान्न र ऊर्जामा मात्र १० हजार करोड अनुदान प्रदान गरेको देखिन्छ । दक्षिण एशियाली मुलुकहरूले भारतीय बजेटबाट पाठ लिनुपर्ने टड्कारो आवश्यकता देखिन्छ । श्रीलङ्का र पाकिस्तानमा अस्थिर सरकारले गर्दा सरकार बचाउन र सरकार जोगाउनका लागि राष्ट्रको ढुकुटीलाई अल्पकालीन हितका लागि प्रयोग गरेका छन् । भारतले श्रीलङ्काको अर्थतन्त्रलाई भरथेग नगरेको खण्डमा श्रीलङ्का टाट नै पल्टिसकेको थियो । विकासको आधारस्तम्भ पूर्वाधार विकास भएकाले नेपाललगायत अन्य दक्षिण एशियाली मुलुकले पूर्वाधार विकास, महिला सहभागिता, कृषिलाई प्रमुख प्राथमिकता दिन आवश्यक छ । जनताप्रतिको उत्तरदायित्वलाई अधिक महत्त्व दिँदै भारतीय अर्थतन्त्रको प्रारूपबाट यथेष्ट पाठ सिक्नुपर्छ ।  लेखक वैदेशिक मामिलाका अध्येता हुन् ।

सगरमाथाको आयु सकिन लागेको हो ?

आज सगरमाथा हिमाल विश्वकै एक मात्र ‘आइकोनिक’ को रूपमा स्थापित भएको छ । यो हिमाल आरोहण गर्न हालसम्म अनुमानित १८–१९ हजारदेखि २०–२१ हजार पर्वतारोहीले प्रयास गरे होलान् । हुन त सगरमाथा हिमाल एकै व्यक्तिले दोहोर्‍याएर, तेहेर्‍याएर पनि चढेका छन् । कसैले त २८औं पटक पनि सगरमाथा चढिसकेका छन् । त्यसमा लगभग ८ हजार चानचुनले सफलता प्राप्त गरेका छन्, सन् १९५३ देखि सन् २०२३ को वसन्त ऋतुसम्ममा । भूगर्भविद् तथा वैज्ञानिकहरूका अनुसार आजभन्दा १ करोड ५१–५२ लाख वर्षदेखि १ करोड ५६–५७ लाख वर्षअघि सगरमाथा हिमालको उत्पत्ति भएको हो । यो टेथिस महासागर टेक्टोनिक प्लेट सर्ने–चल्ने क्रममा बनेको मानिन्छ । गूगल सर्चअनुसार टेथिस महासागर आजको एशिया, उत्तर अफ्रिका, अरब मुलुक र भारत रहेको क्षेत्रमा फैलिएको थियो भने त्यस बेला (करीब ४० मिलियन वर्षअघि) उत्तरतर्फ सर्दै सर्दै आल्पस पर्वत माला र हिमालय पर्वत माला बनेको हो । त्यस्तै करीब ८० मिलियन वर्षअघि आजको भारत ६,४०० किलोमीटर दक्षिणको युरेसिया प्लेटमा रहेको थियो ।  सगरमाथा हिमाल आरोहणको इतिहास सन् १९२२ देखि शुरू भएको देखिन्छ । त्यसयता सन् २०२३ को वसन्त ऋतुसम्ममा नेपाललगायत विभिन्न देशका करीब ८ हजार पर्वतारोहीले सगरमाथा आरोहण गरिसकेका छन् । सन् २०२३ मा त सगरमाथा आरोहण अनुमति जारी गरेबापत मात्रै ६६ करोड ६४ लाख २० हजार नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा सलामी रकम नेपाल सरकारको मातहत रहेको पर्यटन विभागले संकलन गरेको छ । यसरी हेर्दा लाखौं अमेरिकी डलर खर्च गरेर जिन्दगीमा एकपटक जसरी भए पनि ‘विश्वको अग्लो हिमाल सगरमाथा चढेरै छाड्ने’ अठोट र सपना साँचेर नेपाल आउँछन्, विश्वका कयौं देशका पर्वतारोहीहरू । तर, सगरमाथा आरोहण व्यक्तिको इज्जत, मान, सम्मान, कीर्तिमान राख्न, आफ्नो देशको नाम विश्वभरि फैलाउन र अजर अमर राख्नभन्दा पनि जसरी पनि चढ्नैपर्ने रहरको विषय हुन थालेको छ । यसले गर्दा सगरमाथा आरोहण पनि आजभोलि एउटा राम्रो व्यापारका रूपमा फस्टाइरहेको देखिन्छ । सगरमाथा आरोहणका लागि साहस, धैर्य र मौसमको साथ पनि अनिवार्य शर्त हो । अझ मौसमले साथ दिनका लागि त पर्वतारोहीले कैयौं दिनसम्म उपयुक्त समय पर्खेर क्याम्प–२, क्याम्प–३, क्याम्प–४ मा बस्नुपर्ने हुन्छ ।  बीबीसी नेपाली सेवाले आफ्नो अनलाइन संस्करणमा पछिल्लो पटक अपलोड गरेको एक रिपोर्टअनुसार सगरमाथा हिमालको आसपास रहेका हिम नदीमा विगत २ हजार वर्षदेखि जमेर रहेको बरफ केही वर्ष अघिदेखि तीव्र गतिमा पग्लन शुरू भएको छ । उक्त रिपोर्टका अनुसार लगभग ७ हजार ९०० मीटरको उचाइमा रहेको साउथपोल र त्यस वरिपरि रहेको ग्लेसियरको बरफ पग्लिने क्रम ८० गुणाले छिटो रहेको देखाएको छ । यसले दिने संकेत सामान्य मानिसले पनि सहजै अनुमान गर्न सक्छ । यसको संकेत हो : अब सगरमाथा हिमालको आयु छोटिँदै छ । केही गरी सगरमाथा हिमालको आयु लामो नै रहे तापनि सगमाथा हिमालमा हिउँ पर्न छाड्यो र बरफ जम्न पनि छाड्यो भने ढुंगैढुंगा र चट्टानी भीरपहरा मात्रै चढ्न को आउला ? सगरमाथाको शिरमा पुग्न कुनै पनि मै हुँ भन्ने प्रख्यात पर्वतारोहीलाई पनि धेरै गाह्रो अथवा असम्भव जस्तै हुनेछ । त्यस्तै सगरमाथा हिमालको बेस क्याम्प पनि विगतको समयमा भन्दा १ सय ५० मीटर तल सरिसकेको छ ।  विश्वका विभिन्न देशका पर्वतारोहीहरूका लागि कीर्तिमान राख्ने, नेपाल सरकारका लागि हिमाल आरोहणबाट हुने प्राप्त हुने सलामी रकममध्ये सबैभन्दा धेरै सलामी रकम प्राप्त हुने (समग्रमा वर्षभरिमा नेपालका विभिन्न हिमाल आरोहण गर्न आउने विदेशी पर्वतारोही तथा नेपाली पर्वतारोहीहरूबाट उठ्ने सलामी रकममध्ये ८४–८५ प्रतिशतदेखि ८८–८९ प्रतिशतसम्म रकम सलामीबापत प्राप्त हुने) सगरमाथा हिमालको भविष्यबारे हामीले अब पनि चिन्ता नगर्ने, केही नसोच्ने र जुर्मुरिएर सगरमाथालाई लामो समयसम्म बचाइराख्न तदारुकताका साथ काम नगर्ने हो भने कहिले गर्ने ? अहिले पनि समय घर्किसकेको छैन, त्यसैले बेला छँदै जल तथा मौसमविद्हरू, वातावरणविद्हरू, भूगर्भविद तथा वैज्ञानिकहरू, नेपाल सरकार र नेपाल सरकारको जिम्मेवार निकाय र मातहतमा बसेका महानुभावहरू, ग्रूप लिडर, सरदार, पर्वतारोही तथा स्वदेशी एवम् विदेशी पर्यटन व्यवसायी, त्यसमा पनि पर्वतारोहणसम्बन्धी व्यापार–व्यवसाय गरिरहेका ट्राभल तथा ट्रेकिङ एजेन्सीका सञ्चालकहरू, सबै मिलेर सकेसम्म सगरमाथा बचाउन र सगरमाथाको आयु अलि लामो समयसम्म तन्काउनका लागि के गर्न सकिन्छ ? त्यस सम्बन्धमा मिलेर काम गर्न शुरू गरिहाल्नुपर्ने देखिन्छ ।  लेखक पर्यटनकर्मी हुन् ।

अमेरिकाले खाद्य संकटको सामना गर्न नेपाललाई एक अर्ब ९२ करोड दिने

अमेरिकाले खाद्य संकटको सामना गर्न नेपाललाई एक करोड ५० लाख अमेरिकी डलर (करिव १ अर्ब ९२ करोड रुपैयाँ) दिने घोषणा गरेको छ । ‘खाद्यान्न, मल र इन्धनको बढ्दो मूल्यका कारण जीवन बचाउन, गरिबी, भोकमरी र कुपोषणको वृद्धिलाई न्यूनीकरण गर्न अमेरिकी सरकारबाट अनुदान प्राप्त गर्ने ४७ भन्दा बढी देश र क्षेत्रीय संस्थाहरूमध्ये नेपाल एक हो,’ अमेरिकी दूतावासद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ । विश्वव्यापी खाद्य संकटलाई सम्बोधन गर्न अमेरिकी सरकारले हालै मात्र २ अर्ब ७६ करोड अमेरिकी डलर अनुदानको

अमेरिकाले खाद्य संकटको सामना गर्न नेपाललाई डेढ करोड डलर दिने

काठमाडौँ – अमेरिकाले खाद्य संकटको सामना गर्न नेपाललाई एक करोड ५० लाख अमेरिकी डलर (करिब १ अर्ब ९२ करोड रुपैयाँ) दिने घोषणा गरेको छ। ‘खाद्यान्न, मल र इन्धनको बढ्दो मूल्यका कारण जीवन बचाउन, गरिबी, भोकमरी र कुपोषणको वृद्धिलाई न्यूनीकरण गर्न अमेरिकी सरकारबाट अनुदान प्राप्त गर्ने ४७ भन्दा बढी देश र क्षेत्रीय संस्थाहरूमध्ये नेपाल एक हो,’ […]

अमेरिकाले खाद्य संकटको सामना गर्न नेपाललाई एक अर्ब ९२ करोड दिने

काठमाडौँ- अमेरिकाले खाद्य संकटको सामना गर्न नेपाललाई एक करोड ५० लाख अमेरिकी डलर (करिव १ अर्ब ९२ करोड रुपैयाँ) दिने घोषणा गरेको छ । ‘खाद्यान्न, मल र इन्धनको बढ्दो मूल्यका कारण जीवन बचाउन, गरिबी, भोकमरी र कुपोषणको वृद्धिलाई न्यूनीकरण गर्न अमेरिकी सरकारबाट अनुदान प्राप्त गर्ने ४७ भन्दा बढी देश र क्षेत्रीय संस्थाहरूमध्ये नेपाल एक हो,’ […]

अमेरिकाले खाद्य संकट टार्न नेपाललाई एक अर्ब ९२ करोड दिने

काठमाडौँ - अमेरिकाले खाद्य संकटको सामना गर्न नेपाललाई एक करोड ५० लाख अमेरिकी डलर (करिब १ अर्ब ९२ करोड रुपैयाँ) दिने घोषणा गरेको छ ।  ‘खाद्यान्न, मल र इन्धनको बढ्दो मूल्यका कारण जीवन बचाउन, गरिबी, भोकमरी र कुपोषणको वृद्धिलाई न्यूनीकरण गर्न अमेरिकी सरकारबाट अनुदान प्राप्त गर्ने ४७ भन्दा बढी देश र क्षेत्रीय संस्थ...

अमेरिकाले खाद्य संकट टार्न नेपाललाई एक अर्ब ९२ करोड दिने

काठमाडौँ - अमेरिकाले खाद्य संकटको सामना गर्न नेपाललाई एक करोड ५० लाख अमेरिकी डलर (करिब १ अर्ब ९२ करोड रुपैयाँ) दिने घोषणा गरेको छ ।  ‘खाद्यान्न, मल र इन्धनको बढ्दो मूल्यका कारण जीवन बचाउन, गरिबी, भोकमरी र कुपोषणको वृद्धिलाई न्यूनीकरण गर्न अमेरिकी सरकारबाट अनुदान प्राप्त गर्ने ४७ भन्दा बढी देश र क्षेत्रीय संस्थ...

एलन मस्कले गरे ५.७४ अर्ब अमेरिकी डलर दान, कर बचाउने उपाय !

फागुन ३, वाशिङ्टन डीसी (अमेरिका) । अमेरिकी कार निर्माता कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले कर बचाउन गत साल ५ दशमलव ७४ अर्ब अमेरिकी डलर बराबरको शेयर दान गरेका छन् । उनले गत वर्षको  नोभेम्बरको १९ देखि २९ बीचमा ५ लाख ४४ हजार कित्ता शेयर दान गरेको सञ्चारमाध्यमहरुले बताएका छन् । टेस्ला विश्वको सवैभन्दा मूल्यबान अटो कम्पनी हो । उक्त समयमा कम्पनीको शेयर मूल्यको हिसाव गर्दा उनले दान गरेको रकम ५ दशमलव ७४ अर्ब डलर हुन आउँछ । समाचार एजेन्सी रोयटर्सका अनुसार कम्पनीले यूएस सेक्योरेटि एण्ड एक्सचेञ्ज कमिसनलाई यो जानकारी दिएको छ । तर कमिशनलाई दिएको विवरणमा उनले कुन कुन संस्थालाई दान दिएको हो भन्ने बारेमा केहि खुलाएका छैनन् । उनले गत वर्षको अन्त्यमा १६ दशमलव ४ अर्ब डलर बराबरको  शेयर विक्री गरेका थिए । यसका लागि उनले सामाजिक सञ्जाल ट्वीटरमा आफ्ना समर्थक  तथा शुभेच्छुकलाई प्रश्न गर्दै आफ्नो नाममा रहेको कम्पनीको १० प्रतिशत शेयर विक्री गरौं कि नगरौं भनेका थए । तर उनले समर्थक तथा सुभेच्छुकहरुले जे भने पनि  शेयर भने विक्री गर्ने नै बताएका थिए । हुन त उनले टेस्लाबाट तलब नै लिदैंनन् । तलबको सट्टा उनले कम्पनीको प्रदर्शनका आधारमा बेच्न मिल्ने शेयर पाउँछन् । ती शेयर नचलाउँदा वा नबेच्दासम्म उनले सरकारलाई कर तिर्नु पर्दैन ।  कर बचाउने उपाय ! उनले गत साल सन् २०२१  मा ११ अर्ब डलर कर तिर्नुपर्ने बताएका थिए । उनले कम्पनीको शेयर दान दिंदा यसबाट फाइदा पुग्छ ।  सामाजिक संस्थालाई दिएको दानमा पूँजीगत लाभ कर तिर्नु पर्दैन ।  उनले सन् २००१  मा मस्क फाउण्डेसन स्थापना गरेका छन् । जसको पनि २० करोड डलर पूँजी रहेको छ । सन् २०२१ मा टेस्लाको खुद मुनाफा ५ अर्ब ५० करोड डलर थियो ।ब्लुम्बर्ग बिलेनायर इन्डेक्सका अनुसार उनको कुल नेटवर्थ २२७ अर्ब डलर रहेको छ । एजेन्सीहरु यो पनि हेर्नुस् : मस्कले अमेरिकालाई तिर्नु पर्ने कर ११ अर्ब डलर, टेस्लाको शून्य

महामारीबाट अर्थतन्त्र बचाउन विश्व बैंकले नेपाललाई १७ अर्ब ७८ करोड दिने

३ असार, काठमाडौं । कोरोना भाइरसको महामारी र यसको नियन्त्रण गर्न अपनाइएका प्रतिबन्धात्मक व्यवस्थाका कारण प्रभावित अर्थतन्त्रको पुनरुत्थान गर्न विश्व बैंकले नेपाललाई १५ करोड अमेरिकी डलर (१७ अर्ब ७८ करोड रुपैयाँ) ऋण दिने भएको छ …

अमेरिकाबाट सहयोग सामग्री आज आउँदै

कोरोना महामारीबाट नेपाली जनताको ज्यान बचाउन अमेरिकाले ठूलो परिमाणको स्वास्थ्य सामग्री नेपाल पठाएको छ । सहयोग सामग्री शनिबार नेपाल आइपुग्दै छ । अहिले पठाएको स्वास्थ्य सामग्रीसहित अमेरिकाले यता १५ महिनामा पाँच करोड अमेरिकी डलर बराबरको स्वास्थ्य सहयोग दिएको छ ।