काठमाण्डाै - बेलायतमा तेल अभावका कारण पेट्रोल पम्पहरु बन्द हुन थालेका छन् ।
खुलेका पम्पहरुमा लाइन तथा भीडभाड बढेको छ । केही पेट्रोल पम्पहरू बन्द भएसँगै अवस्था सहज बनाउन सेनालाई तयारी अवस्थामा राखिएको बीबीसीले जनाएको छ ।
सेनाका ट्याङ्कर चालकलाई आवश्यक परेको अवस्थामा परिचालन गर्नका लागि तालिम दिइने बेलायत सरकारले जनाएको छ । तर व्यापारमन्त्री क्वासी कोर्टनले पर्याप्त आपूर्ति रहेको दाबी गर्दै नागरिकलाई नआत्तिन आग्रह गर्नुभएको छ ।
आवश्यकता नभएका मानिसले समेत तेल खरिद गरेका कारण पम्पहरूमा लाइन देखिएको उहाँको भनाइ ...