धनगढी : नेकपा (एमाले)का उपाध्यक्ष भीम रावल र स्थायी कमिटी सदस्य लेखराज भट्टले सुदूरपश्चिम प्रदेश इन्चार्जमा आ-आफ्नै दाबी गरेका छन्। सुदुरपश्चिम प्रदेशको विवाद समाधानका लागि अध्यक्ष केपी शर्मा ओलीले बालकोट बोलाएर नेता भट्ट नै इन्चार्ज भएको बताएपछि विवाद सुरु भएको हो। प्रदेश इन्चार्जमा आआफ्नो दाबी गरिरहेका उपाध्यक्ष रावल र भट्ट दुवै सुदूरपश्चिममा आफू निकट नेताहरुको भेला चलाइरहेका छन्। उपाध्यक्ष रावलले धनगढीमा कार्यकर्ता भेलालाई सम्बोधन गरेका छन्। भट्टले कञ्चनपुरमा घोषणा गरिएको सुख्ख