प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटलगत्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आन्तरिक छलफलमा जुटेका छन् । देउवासँगको भेटलगत्तै अध्यक्ष नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा शीर्ष नेताहरूसँग अनौपचारिक छलफलमा जुटेका हुन् ।सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा छलफल चलिरहेको एकीकृत समाजवादीको संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए । एकीकृत समाजवादीले संसदमा एमसीसीको विपक्षमा उभिने बताउँदै आएको छ । शुक्रबार बिहान धनगढीबाट