राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष सलिम मिया अन्सारी बिहीबार दिउँसो ३ बजे होटल हिमालय कुपण्डोलमा बेचैन मुद्रामा थिए । उनको मोबाइलमा निरन्तर फोन बजिरहेको थियो । जनकपुरमा मतदातालाई पैसा बाढेको, ५ करोड बाँड्दै गर्दा प्रहरीद्वारा पक्राउ जस्ता शीर्षकहरू केही अनलाइन माध्यम तथा सामाजिक सञ्जालमा छाइरहेको थियो ।सोही विषयलाई प्रस्ट पार्न उनले होटल हिमालय कुपण्डोलमा सञ्चारकर्मीहरूलाई बोलाएका थिए । पत्रकार सम्मेलन गर्नका लागि हलको भाडा महँगो पर्ने देखियो । उनले बाहिर खुला स्थानमा गर्ने र होटललाई चिया कफीको व्