एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार पत्रकार सम्मेलन गर्ने भएका छन् । देशको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी दिन उनले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
एमाले केन्द्रीय कार्यालयका सचिव भीष्मराज अधिकारीले पछिल्लो राजनीतिक अवस्थाका बारेमा एमालेको आधिकारिक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन राखिएको जानकारी दिए ।
पत्रकार सम्मेलन दिउँसो १ बजे पार्टी कार्यालय थापाथलीमा राखिएको उनको भनाइ छ ।