प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्ने भएका छन् । बिहीबार राति राष्ट्रपतिले नयाँ सरकार गठनको लागि आह्वान गरेसँगै त्यसलाई लिएर विपक्षीले चर्को आलोचना गरिरहेको बेला अकस्मात ओलीले पत्रकार सम्मेलन बोलाएका हुन् ।प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले साढे १२ बजे सम्पादकहरुसँग पत्रकार सम्मेलन गर्न लागेको बताए । उनले पत्रकार सम्मेलनको विषय भने खुलाएनन् ।