रातको समयमा विभिन्न सहकारी संस्था तथा पसल लगायतमा चोरी गर्दै हिँड्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । अपराधको महाशाखाको टोलीले चोरी गर्दै हिँड्ने ५ जना र चोरीको सामान खरिद गर्ने अर्का एक जनालाई पनि पक्राउ गरेको हो । महाशाखाका अनुसार रातको समयमा सहकारी संस्था तथा पसलहरूमा चोरी गर्दै हिँड्ने गिरोहका रोशन उप्रेती, राम पुनित महतो, राम बाघदास, राजु गुप्ता भन्ने राम विश्वास महतो, अशोक कुमार महतो र कवाडी पसल सञ्चालक शत्रुधन प्रसाद जयसवाल पक्राउ परेका छन् । उनीहरुलाई चोरीको सामान सहित पक्राउ गरिए