डेढ दशकअघि कर्णालीका नागरिकले सस्तो र सुलभ उपचार पाउनु त परै जावस्, कसैको अस्वाभाविक रुपमा मृत्यु भए शवको पोष्टमार्टम गर्न पनि एक साता डाक्टर कुर्नुपर्ने स्थिति थियो । राम्रो चिकित्सक र औषधीमुलो नपाएर अकालमै ज्यान गुमाउनुपर्ने कर्णालीबासीको नियति नै बनेको थियो । सुत्केरी व्यथाले महिलाको अकालमै मृत्यु हुने, बिरामीले राम्रो उपचार नपाउने, डाक्टर आउनै नमान्ने […]