सर्वोच्च अदालतले जनता समाजवादी पार्टीको तर्फबाट महन्थ ठाकुरले दर्ता गराएको रिट निवेदनमा अन्तरिम आदेश जारी गरेन ।
न्यायाधीश कुमार रेग्मीको इजलासले अन्तरिम आदेश जारी गर्नुपर्ने वा नपर्ने भन्ने विषयमा छलफलका लागि साउन १५ गते पेशी तोकेको हो ।
निर्वाचन आयोगले दलको आधिकारिकताको लागि बहुमत कार्यकारिणी परीक्षण गर्नका लागि हेड काउन्ट गर्ने निर्णय विरुद्ध ठाकुरले सर्वोच्च अदालत गुहारेका थिए।
सर्वोच्चको उक्त आदेशपछि निर्वाचन आयोगले अब बहुमत कार्यकारिणी समितिको परीक्षण गर्न पाउने छ। आयोगले भोलि साउन ११...