निर्माण क्षेत्र ठप्प पारेर देशभरका निर्माण व्यवसायी आन्दोलनमा

काठमाडौं । तीन दिनदेखि पूर्वाधार निर्माण क्षेत्र ठप्प पारेर देशभरका निर्माण व्यवसायी काठमाडौं केन्द्रीत आन्दोलनमा छन् । आफूहरले गरेको कामको भुक्तानी नपाउँदा दैनिकी गुजारामासमेत समस्या भएको भन्दै निर्माण व्यवसायीहरु सरकारको ध्यानाकर्षण गराउन काठमाडौं भेला भएका हुन् । राजनीतिक र आर्थिक स्थायित्व नहुनु र स्रोत सुनिश्चितता कागजमा मात्र सीमित हुँदा राज्यको गैरजिम्मेवारका कारण समस्या सिर्जना भएको […]

सम्बन्धित सामग्री

बजेटप्रति निर्माण व्यवसायी महासंघको असन्तुष्टिः निर्माण क्षेत्र प्रथमिकतामा परेन

नेपाल निर्माण व्यवसायी महासंघले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट निर्माण व्यवसायीमैत्री नभएको प्रतिक्रिया जनाएको छ।

निर्माण व्यवसायी समस्या होइनन्

सबैभन्दा ठूलो लगानी रहेको निर्माण क्षेत्र पछिल्लो समय धराशायी बन्दै गएको छ । अहिले धेरै निर्माण व्यवसायी बैंकको कालोसूचीमा परेका छन् । आयोजना समयमै नसकिएर कालोसूचीमा पर्ने त छँदै छ, तर बैंकमा समयमै किस्ता बुझाउन र ब्याज तिर्न नसक्दा कालोसूचीमा पर्ने खतरा छ । काम गरेको भुक्तानी नियमित नहुँदा बैंकको किस्ता र ब्याज तिर्न समस्या परेको छ ।

निर्माण व्यवसायी महासंघले भन्यो : सरकारको रबैयाले नै निर्माण क्षेत्र धरासयी

निर्माण व्यवसायीले सरकारकै रबैयाका कारण मुलुकको पूर्वाधार निर्माण क्षेत्र धरासयी बनेको टिप्पणी गरेका छन् । हालै जारी बजेट वक्तव्यमा आफ्नो धारणा सार्वजनिक गर्दै नेपाल निर्माण व्यवसायी महासंघले मुलुकको निर्माण उद्योगको ‘भ्रुण हत्या’ गर्न सरकार नै लागिपरेको टिप्पणी गरेको छ ।

अर्थतन्त्रमा देखिएको समस्याले निर्माण क्षेत्र पनि प्रभावित छ

मुलुकको अर्थतन्त्रमा देखिएको असहजताले अहिले उद्योगी व्यवसायी मर्कामा छन् । समस्या समाधानको मागसहित व्यवसायीहरू सडकमै आउन थालेका छन् । अर्थतन्त्रको अहिलेको अवस्थामा निर्माण व्यवसायी पनि अप्ठ्यारोमा परेको मनसिरी ट्रेडिङका प्रबन्ध निर्देशक सुशील श्रेष्ठ बताउँछन् । प्रस्तुत छ, निर्माण व्यवसायका समस्या, चुनौती लगायत समसामयिक विषयमा श्रेष्ठसँग आर्थिक अभियानका अनन्त्य सुन्दरले गरेको संवादको सार : अर्थतन्त्रको अहिलेको अवस्थालाई कसरी हेर्नुभएको छ ? मुलुकको अर्थतन्त्रको कुल गार्हस्थ्य उत्पादन, विदेशी मुद्रा सञ्चिति, महँगी, शेयर बजार लगायतका अधिकांश सूचक सकारात्मक देखिँदैन । अर्थतन्त्र यो अवस्थाबाट गुज्रिँदै गर्दा त्यसको प्रत्यक्ष असर हामी निर्माण व्यवसायीलाई पनि परेको छ । आर्थिक व्यावसायिक क्षेत्रमा देखिएका समस्या समाधान हुनुपर्ने मागसहित उद्योगी व्यवसायी ठाउँ ठाउँमा आन्दोलित नै भएका छन् । निर्माण व्यवसायीको अवस्था चाहिँ कस्तो छ ? आर्थिक क्षेत्रमा देखिएको मन्दीको अवस्थाले हामी पनि सडकमै आउनुपर्ने बाध्यात्मक अवस्था सृजना भएको छ । समयमा काम नहुँदा, पैसा निकास नहुँदा, चर्को ब्याजदरलगायत कारण हामी समस्यामा छौं । अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सरकारले दूरदर्शी नीति बनाएर कार्यान्वयन गर्न आवश्यक छ । निर्माण व्यवसायीलाई गुणस्तरीय काम नगर्ने, समयमा सम्पन्न नगर्ने जस्ता आरोप लाग्ने गर्छ । यसबारे के भन्नुहुन्छ ? हाम्रो देशमा सबैजसो क्षेत्रमा हुने गरेका नराम्रा कामको मात्र चर्चा हुन्छ । मेरो विचारमा सबै निर्माण व्यवसायी खराब छैनन् । तोकिएको समयमै परियोजना सम्पन्न गर्ने निर्माण व्यवसायी पनि छन् । तर हाम्रोमा राम्रो कामको चर्चा हुँदैन । निर्माण व्यवसायीको खराब पक्ष औंल्याउँदै गर्दा राम्रा कामको प्रोत्साहन र त्यसको चर्चा गर्न पनि आवश्यक छ । मुलुकको विकासमा निर्माण व्यवसायीको कस्तो भूमिका हुन्छ ? हाम्रो मुलुकमा अहिलेसम्म राजनीतिक परिवर्तन मात्र भयो । आर्थिक परिवर्तन हुन सकेको देखिँदैन । त्यसैले अब मुलुकको समग्र विकासका लागि आर्थिक परिवर्तन आवश्यक छ । आर्थिक परिवर्तनका लागि सडक, पुल, अस्पताल लगायत पूर्वाधार विकास आवश्यक हुन्छ । पूर्वाधार विकासका लागि मुख्य भूमिका नै निर्माण व्यवसायीको हुन्छ । त्यसैले मुलुकको विकास र समृद्धिमा निर्माण व्यवसायीको भूमिका सर्वोपरि हुन्छ । पूर्वाधार विकासका लागि निकास भएको बजेट कत्तिको सदुपयोग भएको छ जस्तो लाग्छ ? हरेक वर्ष बजेटको ठूलो हिस्सा पूर्वाधार विकासका लागि छुट्ट्याइन्छ । तर बजेट सही ठाउँमा खर्च भएको देखिँदैन । पछिल्लो केही वर्षमा मुलुकमा बनेका भ्यू टावर र अस्पतालको संख्या तुलना गर्ने हो भने हामीले कस्तो खालको विकास र समृद्धि खोजेका हौं भन्ने प्रश्न उठ्छ । नेपालमा निर्माणका लागि आवश्यक पर्ने उपकरण ल्याउन सहज छ ? अहिले निर्माणाधीन परियोजना सम्पन्न गर्न उपकरणविना सम्भव छैन । तर त्यस्ता उपकरण नेपालमा उत्पादन नहुने भएकाले बाहिरबाट आयात गर्नुपर्ने अवस्था छ । राज्यले हामी व्यवसायीलाई नेपालमै एसेम्बल गरेर उपकरण बनाउन नीतिगत हिसाबले सहजीकरण गर्नुपर्छ । त्यसका लागि हामी सक्षम र तयार पनि छौं ।

निर्माण व्यवसायीका समस्या समाधान गर्न गम्भीर छु : मन्त्री झाँक्री

सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले निर्माण व्यवसायीका समस्या समाधान गर्न आफू गम्भीर रहेको बताएकी छन् । निर्माण क्षेत्र अस्तव्यस्त बनेको बताउँदै मन्त्री झाँक्रीले व्यवसायीका आवश्यक माग सम्बोधनको पहल गरिने बताएकी हुन्।  नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग सोमबारको भेटमा मन्त्री झाँक्रीले अन्य मन्त्रालयसँग समन्वयको लागि पहल गर्ने बताइन् । उनले भनिन्, “निर्माण व्यवसायीका समस्या समाधानका लागि हामी गम्भीर छौं । सकारात्मक रूपमा समस्या समाधानको पहल खोजौँ । निर्माणका काम

मूल्य वृद्धिले निर्माण क्षेत्र प्रभावित, जिल्ला दररेट संशोधन गर्न माग

अप्रत्याशित मूल्य वृद्धिले निर्माण क्षेत्र प्रभाव पारेको भन्दै बाँकेका निर्माण व्यवसायीले जिल्ला दररेटलाई संशोधन गरी नयाँ दररेट निर्माण गर्न माग गरेका छन्। बाँके निर्माण व्यवसायी संघले सोमबार नेपालगन्जमा गरेको पत्रकारसम्मेलनमा उपस्थित व्यवसायीले नयाँ दररे...

आकाशिदो मूल्य वृद्धिले निर्माण क्षेत्र धरासायी

नेपाल निर्माण व्यवसायी महासंघले इन्धन लगायतका निर्माण सामग्रीमा आकाशिदो मूल्य वृद्धिले निर्माण उद्योग धरासायी हुने अवस्थामा पुगेको बताएका छन्।...

निर्माण क्षेत्र मुलुकको मेरुदण्ड : पूर्वमन्त्री केसी

काठमाडौं । हजुरलाई नमस्ते ट्रेड लिंक प्रालिले नेपाल निर्माण व्यवसायी महासंघको १२औं अधिवेशनबाट निर्वाचित नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ । हजुरलाई नमस्ते ट्रेड लिंकले ठूला व्यापारिक घरानालाई चुनौती दिँदै साना उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्न सो बधाई तथा शुभकामना कार्यक्रम गरेको प्रस्ट पारेको छ । कार्यक्रमका प्रमुख […]

निर्माण व्यवसायी क्षेत्र रोजगारी सिर्जनामा अग्रणी: प्रधानमन्त्री शेरबहादुर देउवा

फागुन २७, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माण व्यवसायी क्षेत्र रोजगारी सिर्जनामा अग्रणी भएको भन्दै प्रसंशा गर्नुभएको छ । निर्माण व्यवसायी महासंघको १२औँ अधिवेशन तथा २३औँ साधरण सभामा बोल्दै यस्तो बताउनु भएको हो । ‘रोजगार सिर्जनाका लागि अग्रणी भएको छ निर्माण व्यवसायी क्षेत्र, यसले  विकासमा पुर्‍याएको योगदानको प्रशंसा गर्न चाहन्छु।‘ उहाँले भन्नुभयो । प्रधानमन्त्री देउवाले  महासंघ गुणस्तर  कायममा कृयाशील रहनेछ भन्ने विश्वास  लिएको बताउनुभयो । ‘महासंघ गुणस्तर  कायममा कृयाशील रहनेछ भन्ने विश्वास लिएको छु,’ उहाँले भन्नुभयो, मुलुकको आर्थिक विकासमा सहयोग पुर्‍याएको यस क्षेत्रको नीतिगत र कानून सुधारका लागि सरकार तत्पर छ ।‘   उहाँले निर्माण क्षेत्र अन्तरराष्ट्रिय स्तरको क्षेत्र बनाउन अपरिहार्य रहेको समेत बताउनुभयो । 'यो क्षेत्र अन्तरराष्ट्रिय स्तरको बन्नु पर्‍यो,’ उहाँले भन्नुभयो, ‘मुलुकभित्र दिगो विकासका लागि एमसीसीको अन्तरराष्ट्रिय विधिअनुसार अगाडि बढेकोले धेरै अलमलमा नपर्न आग्रह गर्द्छु।‘