फागुन २७, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माण व्यवसायी क्षेत्र रोजगारी सिर्जनामा अग्रणी भएको भन्दै प्रसंशा गर्नुभएको छ । निर्माण व्यवसायी महासंघको १२औँ अधिवेशन तथा २३औँ साधरण सभामा बोल्दै यस्तो बताउनु भएको हो । ‘रोजगार सिर्जनाका लागि अग्रणी भएको छ निर्माण व्यवसायी क्षेत्र, यसले विकासमा पुर्याएको योगदानको प्रशंसा गर्न चाहन्छु।‘ उहाँले भन्नुभयो ।
प्रधानमन्त्री देउवाले महासंघ गुणस्तर कायममा कृयाशील रहनेछ भन्ने विश्वास लिएको बताउनुभयो । ‘महासंघ गुणस्तर कायममा कृयाशील रहनेछ भन्ने विश्वास लिएको छु,’ उहाँले भन्नुभयो, मुलुकको आर्थिक विकासमा सहयोग पुर्याएको यस क्षेत्रको नीतिगत र कानून सुधारका लागि सरकार तत्पर छ ।‘
उहाँले निर्माण क्षेत्र अन्तरराष्ट्रिय स्तरको क्षेत्र बनाउन अपरिहार्य रहेको समेत बताउनुभयो । 'यो क्षेत्र अन्तरराष्ट्रिय स्तरको बन्नु पर्यो,’ उहाँले भन्नुभयो, ‘मुलुकभित्र दिगो विकासका लागि एमसीसीको अन्तरराष्ट्रिय विधिअनुसार अगाडि बढेकोले धेरै अलमलमा नपर्न आग्रह गर्द्छु।‘