नेपाल आयल निगमले खाना पकाउने एलपी ग्याससहित सबै प्रकारका इन्धनको मूल्य बढाएको छ । निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भएको जनाउँदै यहाँ पनि मूल्य बढाउने निर्णय गरेको हो ।
नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ वृद्धि गरेको छ । निगलमे सोमबार ग्यासहित सवैखाले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले राती १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाउने निर्णय गरेको हो । निगम प्रवक्ता वीरेन्द्र गोइतका अनुसार डिजेल, पेट्रोल र मटीतेलको मूल्य प्रतिलिटर एक-एक रुपैयाँ बढेको छ ।
नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य बढाएको छ। निगमले शुक्रबार राति १२ बजेपछि लागू हुने गरी प्रतिसिलिन्डर ग्यासको मूल्य २५ रुपैयाँ बढाएको जनाएको छ।