साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से ३२ अंक बढेको छ । सो अंकको वृद्धिपछि परिसूचक नेप्से १९६५ अंकमा कायम भएको छ । कारोबार खुलेदेखि नै सेयर बजार उकालो लाग्यो । कारोबार रकममा पनि उच्च वृद्धि देखिएको छ । कुल २ अर्ब २ करोड रुपैयाँ बराबरको कारोबार भयो ।