ओलीको टिप्पणी- क्या बहादुर सरकार ! दाइने खुट्टाले ब्रेक लगाएर १४ सय सडक झ्याप्प

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले अगाडि बढाएका १४ सय रणनीतिक सडकको काम स्थगित गरेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका छन् ।  सरकारको छाँटकाँट ढाँचा काँचा हेर्दा अहिले ग्रहण लागेको जस्तो अशुभ देखिएको ओलीको टिप्पणी छ ।  मदन भण्डारीको जीवनीमा आधारित पुस्तक ‘श्वेतसार्दूल’को मंगलवार काठमाडौंमा विमोचन गर्दै ओलीले जनताको सडक रोकेर प्रतिशोध साँध्न खोजिएको आरोप लगाएका हुन् ।  ‘रणनीतिक सडकसमेत १४ सय सडक बन्द गर्ने क्या बहादुर सरकार ! अघिको सरकारले १४ सय सडक...

सम्बन्धित सामग्री

गठबन्धन सरकारमाथि ओलीको टिप्पणी : ‘धोकाबाट बनेको सरकार धोकाबाटै ढल्न सक्छ’

एमाले अध्यक्ष केपी ओलीले गठबन्धनभित्रको धोकाधडीकै कारण कुनै पनि वेला सरकार ढल्ने सम्भावना रहेको बताएका छन् । एसिड पीडितहरूको कथामा आधारित ‘नमेटिने घाउ’ चलचित्र घोषणा समारोहमा आइतबार उनले धोकाबाट बनेको...

ओलीको टिप्पणी– चुनावपछि पनि गठबन्धनको सरकार बन्यो भने कुट्दै हिँड्छन्

उनले मंसिर ४ गतेको निर्वाचनपछि नेकपा एमालेको सरकार बनेन भने देश झन् बर्बादीतर्फ जाने बताए ।

प्रचण्ड र माधव नेपाल ‘बन्चरोको बिँड’ बनेको ओलीको टिप्पणी

काठमाडौं, २१ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थीलाई नै प्रयोग गरेर वामपन्थी सिध्याउने खेल भएको टिप्पणी गरेका छन् । उनले एमालेरुपी रुख ढाल्न काँग्रेसरुपी बन्चरोमा प्रचण्ड र माधव नेपालले बींडको भूमिका निभाइरहेको टिप्पणी गरेका हुन् । ‘यीनै बिँड हुन् जस्ले कम्युनिस्ट पार्टी फुटाएर, अदालत गएर, कम्युनिस्ट सरकार ढालीपाउँ, दक्षिणपन्थी सरकार ढालीपाउ त्यसको […]

ओलीको टिप्पणी : पैसाबाहेक अरु केही पनि नसोच्नेहरुको हातमा सरकार पुगेको छ

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार पैसाबाहेक अरु केही पनि नसोच्नेहरुको हातमा पुगेको टिप्पणी गरेका छन्। अध्यक्ष ओलीले वातावरण विनाशको डिलमा पुग्न लागेको उल्लेख गर्दै यसबारे केही ज्ञान छ कि छैन? भन्दै सरकारलाई प्रश्न समेत गरे। विश्व वातावरण दिवसको अवसर पारेर…

माओवादी महाधिवेशनप्रति ओलीको टिप्पणी- समाजवादको नेपाली बाटो भनेर लफ्फाजी गर्ने ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीको आठौं महाधिवेशनबाट पारित ‘समाजवादको नेपाली बाटो’ नामको प्रतिवेदनलाई लफ्फाजीको संज्ञा दिएका छन् । वामपन्थी सरकार ढालेर विरोधी विचारको सरकार बनाउनेले समाजवादको कुरा गर्न नमिल्ने ओलीको टिप्पणी छ ।  ६३ जिल्लामा एमालेको जिल्ला अधिवेशनको शुक्रवार भर्चुअल माध्यमबाट उद्घाटन गर्दै ओलीले माओवादीले कुरो एउटा र काम अर्कै गरेको आरोप लगाएका हुन् । ‘हाम्रो पार्टीविरुद्ध फिँजाइएका भ्रम र अन्योलमा पर्न पनि जरुरी छैन । कुनै कुनै पार्टीका महाधिवेशन देखेका छौं, दुई ...

सरकार र गोविन्द केसीबीच भएको सम्झौताको ओलीले गरे आलोचना

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र वरिष्ठ चिकित्सक गोविन्द केसीबीच भएको सम्झौताको आलोचना गरेका छन् । सरकारले डा. केसीसँग नौ बुँदे सम्झौता गरेर विदेशमा विद्यार्थीलाई सप्लाई गरी कारोबार चलाउनेहरुलाई साथ दिएको ओलीको टिप्पणी छ ।शुक्रबार भक्तपुरमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले नेपालमा नर्सिङ कलेज खोल्न नपाउनेलगायतका सहमति गरेर प्रधानमन्त्री देउवाले पैसा नहुने नेपालीका छोराछोरीको मेडिकल कलेज पढने सपना बर्बाद पारेको आरोप लगाए । उनले डा. केसी

देउवा सरकारप्रति ओलीको टिप्पणी : 'बुख्याँचाले बरु चरा भगाउँछ'

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार बुख्याँचा (बालीमा चरा भगाउन कपडाले बनाइएको मानिसको आकृति) सँग तुलना गरेका छन् । सरकारसँग बुधवार मध्यरातदेखि १ कप चियाको लागि पनि पैसा नभएको ओलीले टिप्पणी गरे । रुपन्देहीको बुटवलमा बुधवार एमाले अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बजेट अभावका कारण मध्यरातदेखि सरकार चल्न नसक्ने अवस्था आएको बताएका हुन् । ‘अध्यादेश पारित गर्नुपर्ने समय मध्यरातसम्म थियो, मध्यरातबाट अध्यादेश समाप्त हुन्छ । सरकार ...

ओलीको टिप्पणी- सरकार तानाशाही र अधिनायकवादी बन्न खोज्यो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाएर तानाशाही र अधिनायकवादी शैली देखाएको आरोप लगाएका छन् ।  सरकारले कूटनीतिक मामिलामा पनि उत्ताउलोपन देखाएको ओलीले टिप्पणी गरे ।  संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा आइतवार बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले सरकारले अभिव्यक्ति स्वतन्त्रता खोस्न खोजेको आरोप लगाएका हुन् ।  ‘सरकार कसको बुद्धिबाट चलेको छ, यस्तो बुद्धिहीन ढंगले चलेको छ ? कस्तो तानाशाही, अधिनायकवादी बन्न खोजेको ? अभिव्यक्ति स्वतन्त्रता खोस्न खो...