नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाएर तानाशाही र अधिनायकवादी शैली देखाएको आरोप लगाएका छन् ।
सरकारले कूटनीतिक मामिलामा पनि उत्ताउलोपन देखाएको ओलीले टिप्पणी गरे ।
संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा आइतवार बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले सरकारले अभिव्यक्ति स्वतन्त्रता खोस्न खोजेको आरोप लगाएका हुन् ।
‘सरकार कसको बुद्धिबाट चलेको छ, यस्तो बुद्धिहीन ढंगले चलेको छ ? कस्तो तानाशाही, अधिनायकवादी बन्न खोजेको ? अभिव्यक्ति स्वतन्त्रता खोस्न खो...