नेवानिको व्यवस्थापन सुधार

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल वायुसेवा निगमका लागि नयाँ जहाज खरीद गर्दा विवादरहित र पारदर्शी प्रक्रिया अपनाउनुपर्ने बताउनुभएको छ । जहाज खरीदमा जहिले पनि प्रश्न उठेको भन्दै त्यस्तो अवस्था आउन नदिन उहाँको निर्देशन आएको हो । निगमले आन्तरिक उडानका लागि विमान खरीद प्रक्रिया अगाडि बढाएको र टेन्डर आह्वान गरिसकेको छ । तर, टेन्डर आह्वानमै पनि विवादमा परिसकेको छ । भएका विमान नियमित उडाउन नसक्ने निगमलाई नयाँ जहाज आवश्यक छैन, कमिशनका लागि किन्न लागिएको जस्ता भनाइ पनि सार्वजनिक भएका छन् । तर, जहाज खरीदमा अनियमितता हुन सक्छ भनेर जहाज नै खरीद नगर्नु गलत हो । वायुसेवा कम्पनीसँग प्रशस्त विमान हुनुपर्छ र तिनको नियमित उडान हुनुपर्छ । उडान नियमित हुने हो भने निगम घाटामा जाँदैन ।  निगमले निजीक्षेत्रले उडान गर्न नरुचाउने क्षेत्रमा वायुसेवा दिनका लागि विमान थप्न लागेको देखिन्छ । आन्तरिक उडानका लागि किनिएका चिनियाँ विमान ग्राउन्डेड भएसँगै निगमसँग घरेलु उडानका लागि विमान अभाव छ । त्यसो हुँदा जेजस्तो विवाद भए पनि विमान खरीद गर्नैपर्छ । हो, विमान खरीद गर्दा कुनै बदमासी हुन दिनु हुँदैन, भएछ भने पनि त्यसमा पछि अनुसन्धान गर्न सकिन्छ । वाइडबडी विमान खरीद गर्न नदिन निकै दबाब भइरहेका बेला विगतमा निगमले विमान खरीद गर्‍यो । त्यसमा भ्रष्टाचार भएको भनी आलोचना भइरहेको छ । यसमा अझै अनुसन्धान गर्न सकिन्छ तर जेजति विवाद भए पनि निगमसँग अहिले अन्तरराष्ट्रिय उडानका लागि विमान पुग्ने गरी छ ।  वायुसेवा निगमको ठूलो समस्या भनेको व्यवस्थापन कमजोर हुनु नै हो । वायुसेवाको व्यवसाय बुझेको व्यक्ति नै निगममा नभएको देखिन्छ । त्यही कारण निगम सधैं घाटामा रहेको छ । आन्तरिक व्यवस्थापन कमजोर हुनुमा राजनीतिक हस्तक्षेप प्रमुख कारण हो । सरकारको संलग्नता भएसम्म खरीददेखि सेवा सञ्चालनसम्म कुनै न कुनै किसिमले बदमासी हुन्छ नै । त्यसैले यसलाई निजीकरण गरिनु उत्तम हुन्छ । भारतले एयर इन्डिया टाटा समूहलाई बेचेपछि यसले व्यापारमा गरेको तीव्र प्रगति लोभलाग्दो छ । त्यसैले सकिन्छ भने यसलाई निजीकरण गरिनुपर्छ । अन्य देशमा पनि सरकारले वायुसेवा सञ्चालन गरेकाले निगम पनि सरकारले नै चलाउनुपर्छ भन्ने तर्क सुनिन्छ । तर, जुन देशमा सरकारले वायुसेवा सञ्चालन गरेको छ, त्यसको व्यवस्थापनमा सरकारी हस्तक्षेप हुँदैन र व्यावसायिक व्यक्तिको नेतृत्वमा सरकारी कम्पनी चलेको हुन्छ । त्यसो हुँदा ती देशमा समस्या छैन । नेपालको अवस्था फरक छ । निगमले विमान किन्नु र अनावश्यक विमान विक्री गर्नु यसको सामान्य निर्णय नै हो । तर, निगममा व्यापक सुधार आवश्यक छ । त्यो भनेको यसको निजीकरण वा निजीक्षेत्रलाई कुनै न कुनै रूपमा यसमा संलग्न गराउनु हो । त्यसैले यसको व्यवस्थापनलाई व्यावसायिक बनाउन सबैभन्दा बढी जरुरी देखिन्छ । 

सम्बन्धित सामग्री

बाल सुधार गृहलाई व्यवस्थित गर्न नीतिगत सुधार आवश्यक छः मन्त्री चौधरी

काठमाडौँ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले बाल सुधार गृहलाई व्यवस्थित गर्न नीतिगत सुधार आवश्यक रहेको बताएकी छन्। प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समितिको आजको बैठकमा मन्त्री चौधरीले बाल सुधार गृहको मौजुदा अवस्था अवलोकन गरी नीतिगत परिमार्जनलाई मन्त्रालयले पहिलो प्राथमिकतामा राखेको बताइन्। ‘मन्त्रालयले नीतिगत परिमार्जनलाई पहिलो प्राथमिकतामा राखेको छ। मन्त्रालयले बाल सुधार गृहको […]

मौसममा  क्रमिक सुधार

विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार आएको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि मौसम सुधार हुँदै गएको छ । महाशाखाका मौसमविद् गोविन्द झाले अब...

नेपालको वरियता सुधार

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नयाँ ओडिआई वरियतामा नेपालले सुधार गरेको छ । आइसिसीले बुधबार सार्वजनिक गरेको वरियतामा नेपालले दुई स्थान सुधार गर्दै १७ औं स्थानमा उक्लिएको छ । नेपाल यसअघि १९ औं स्थानमा थियो । अमेरिका र युएईलाई पछि पार्दै नेपाल १७ औं स्थानमा उक्लिएको छ । नेपाल भन्दा पछि अमेरिका १८ […]

अर्थतन्त्र सुधार गर्ने लक्ष्यका साथ काम गरेका छौं : प्रचण्ड

२५ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधार गर्ने लक्ष्यका साथ सरकार अघि बढेको बताएका छन् । अर्थतन्त्र सुधार गर्न केही संरचनात्मक सुधार गर्नुपर्ने आवश्यकता महसुस भएको पनि उनले बताए । ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू मर्जरपछि एकीकृत कारोबारको आज उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले अर्थतन्त्र सुधार गर्ने निर्णय गरेर काम […]

बुधबारदेखि मौसममा सुधार हुने

आगामी बुधबारदेखि मौसम सुधार हुने बताइएको छ । बुधबारदेखि मनसुनको न्यून चापीय रेखा माथि अर्थात् भारततिर सर्ने सम्भावना रहेकाले मनसुन केही कमजोर भई मौसम सुधार हुने जल तथा मौसम विज्ञान...

बुधबारदेखि मौसममा सुधार हुने

आगामी बुधबारदेखि मौसम सुधार हुने भएको छ। बुधबारदेखि मनसुनको न्यून चापीय रेखामाथि अर्थात् भारततिर सर्ने सम्भावना रहेकाले मनसुन केही कमजोर भई मौसम सुधार हुने जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु विसीले बताइन्।...

टिममा धेरै कुरा सुधार गर्नु पर्नेछ : सन्दीप

नेपाली राष्ट्रिय क्रिकेट टोलीले कप्तान सन्दीप लामिछानेले टिममा धेरै कुराको सुधार गर्नु पर्ने समय आएको बताएका छन् । पपुवा न्युगिनी (पीएनजी)विरुद्धको सिरिजमा पराजित भएपछि पत्रकारहरूसँग बोल्दै उनले टिममा धेरै कुरा सुधार गर्नु पर्ने समय आएको बताए । ‘टिममा धेरै कुरा सुधार गर्नु पर्ने समय आएको छ । हामी अझै धरै कुराहरू सिक्दैछौँ । खेल हो सधैँ राम्रो हुन्छ भन्ने पनि छैन । तर, सुधार गर्नु पर्ने कुराहरू धेरै छन्,’ सन्दीपले भने । सन्दीपले पीएनजीविरुद्ध जित निकाल्न नसकेको समर

बाल सुधार गृह भक्तपुरको भान्सा सुधार गर्न मन्त्री रेग्मीको निर्देशन

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले बाल सुधार गृह भक्तपुरको भान्सा सुधार गर्न निर्देशन दिएकी छन् । आइतबार सुधार गृह भक्तपुरको अवलोकन गर्दै मन्त्री रेग्मीले भान्सा सुधार गर्न निर्देशन दिएकी हुन्  । बाल सुधार गृह व्यवस्थित तरिकाले सञ्चालन गरेकोमा व्यवस्थापन समितिलाई धन्यवाद दिँदै मन्त्री रेग्मीले खानपान स्वस्थ  र  व्यवस्थित हुनुपर्ने बताइन् । 'खाना पकाउने ठाउँ व्यवस्थित हुनुपर्छ,' मन्त्री रेग्मीले भनिन् 'किचन व्यवस्थित हुनुपर्छ।'  मन्त्

शेयर बजारमा सुधार

काठमाडौं, असार १३ । आइतबार शेयर बजारमा सुधार आयो । उतार चढावबीच बजार परिसूचक नेप्से २७ अंकले उकालो लागेर २८ सय ७० कायम भएर थामियो । गत बुधबार उल्लेख्य सुधार आएको बजार विहीबार ओरालो लागेको थियो । आइतबार कारोबार भने ७ अर्ब हाराहारीमा खुम्चियो । यस दिन आधा भन्दा बढी समूहमा हरियाली छायो । जलविद्युत, […]