महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले बाल सुधार गृह भक्तपुरको भान्सा सुधार गर्न निर्देशन दिएकी छन् । आइतबार सुधार गृह भक्तपुरको अवलोकन गर्दै मन्त्री रेग्मीले भान्सा सुधार गर्न निर्देशन दिएकी हुन् । बाल सुधार गृह व्यवस्थित तरिकाले सञ्चालन गरेकोमा व्यवस्थापन समितिलाई धन्यवाद दिँदै मन्त्री रेग्मीले खानपान स्वस्थ र व्यवस्थित हुनुपर्ने बताइन् । 'खाना पकाउने ठाउँ व्यवस्थित हुनुपर्छ,' मन्त्री रेग्मीले भनिन् 'किचन व्यवस्थित हुनुपर्छ।' मन्त्