घर फर्किन सकेनन् कैलालीका बाढीपीडित

स्थानीय काँडा र पथरैया नदीमा आएको बाढीले घर डुबानमा परेपछि गत साता विस्थापित भएका भजनी नगरपालिका– ८ काँडाढिकका ध्वजबहादुर विकको परिवार अझै घर फर्कन सकेका छैनन् । एक साता हुलाकी सडकमा...

सम्बन्धित सामग्री

थातथलो फर्किंदै बाढीपीडित

चन्द्रपुर नगरपालिका–१ स्थित मंगलपुरका बाढीपीडितले सरकारले बनाइदिएको घर बेचेर थातथलो फर्किन थालेका छन् । रोजगारीको अभाव देखाउँदै बाढीबाट विस्थापित भएका उनीहरू घर बेचेर हिँडेका हुन् ।

नौ दिनसम्म घर फर्किन सकेनन् बाढीपीडित

स्थानीय काँढा र पथरैया नदीमा आएको बाढीले घर डुवानमा परेपछि गत साता विस्थापित भएका भजनी नगरपालिका–८, काँडाढिकका ध्वजबहादुर बिकको परिवार अझै घर फर्कन सकेको छैन । एक साता हुलाकी सडकमा...

बाढीपीडित अझै सडक र विद्यालयमै

बस्ती नै डुबानमा परेपछि भजनी नगरपालिका–८ कृष्णपुरका लालबहादुर चौधरीको परिवार एक सातायता हुलाकी सडकमा त्रिपालमुनि बसिरहेको छ । ‘वर्षा रोकिएर डुबान घट्ने भयो, अब घर फर्किन पाइन्छ होला भनेको फेरि पानी पर्‍यो । घर अझै हिलाम्मे छ । बस्ने अवस्था नभएकाले अहिलेसम्म पनि सडकमै छौं,’ उनले भने, ‘अझै पानी थपिएर फेरि बाढी आउने हो कि ? यस्तोमा कसरी घर फर्किनु ?’

चिसो बढेपछि भत्किएकै घरमा फर्किन बाध्य भए बाढीपीडित

मनाङ । जाडो बढ्दै गएपछि मनाङका बाढीपहिरा पीडित जोखिमयुक्त घरमा फर्किन बाध्य भएका छन् । चार महीनादेखि त्रिपालमा बसेका बाढीपीडित जाडो बढेपछि त्यसबाट सुरक्षित हुन जोखिमयुक्त घरमै भए पनि फर्किन थालेका हुन् । मस्र्याङ्दी नदीमा आएको बाढीको डुबान र पहिराले नासों गाउँपालिकामा मात्रै ८२ घरधुरीमा क्षति पुगेको थियो । त्यहाँका १५ घर अझै उच्च जोखिममा छन् । अविरल वर्षासँगै जेठ ३१ गते राति मस्र्याङ्दी नदी बढ्न थालेपछि नासों गाउँपालिका–१ तालगाउँ बाढीपीडित गाउँतर्फ नै फर्किएर चिसोबाट जोगिने ओत खोज्न थालेका छन् । राति आएको बाढीमा ज्यान जोगाउनेमध्ये एक छन् रामचन्द्र गुरुङ । ‘दुईतले घरको भुइँमा झर्दा पानी घुँडासम्म आइसकेको थियो । हारगुहार गर्दै तालडाँडासम्म पुगेर ज्यान बचाइयो । बिहान नहुँदै मेरो घर नभई तालगाउँ नदीको डुबानमा परेका थियो,’ उनले भने, ‘चार महिना हुँदासम्म पनि सुरक्षित व्यवस्थापन हुन नसक्दा डुबानमा परेको घरमा जाडोबाट जोगिन ओत यही घरमा लाग्न बाध्य भएका छौं ।’ पछिल्लो समय संघसंस्थाको सहयोगमा आएको त्रिपालमा बस्दै आएका ताल गाउँवासी बाढीले आधा भत्काएको घरमा फर्किएका छन् । रामचन्द्रजस्तै नगेन्द्र गुरुङको परिवार पनि त्रिपालबाट भत्किएकै घर सामान्य मर्मत गरी बस्न थालेको छ । ‘भुइँतलाको घर चार कोठाको थियो । फ्रेस हाउस र खोर पनि डुबायो,’ उनले भने, ‘एउटा कोठा काम लाग्दैन । चारओटा सबै पुरिएको छ । अरू कोठामा पसेको लेदो, गिट्टी, बालुवा फालेर बस्न थाल्यौं ।’ स्थानीय सिंहबहादुर गुरुङका अनुसार ताल गाउँका नौ घरपरिवार तालडाँडामा त्रिपालमा छन् । ताल गाउँको सबै घर डुबानमा परेको थियो । सिरान तालको सात घरसहित करीब ६० घर डुबानमा परेको नासों गाउँपालिका–१ का अध्यक्ष झलकबहादुर गुरुङले बताए । ताल गाउँका मात्रै नभएर नासों गाउँपालिका–३ धारापानी, सदरमुकाम चामेका बाढीपहिरा पीडित पनि भत्किएकै घरलाई टालटुल पारेर सामान्य मर्मत गरी बस्न थालेका छन् । गाउँपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत गोविन्दबहादुर रानाभाटका अनुसार गाउँपालिकाभित्रका ८२ घरधुरीमा बाढीपहिराले क्षति पु¥याएको छ । ४४ घर पूर्णरूपमा क्षति भएका छन् । यस क्षेत्रका १५ घरधुरी आंशिक क्षति तर उच्च जोखिममा रहेका छन् भने न्यून जोखिमका २३ घरधुरी छन् । वरिष्ठ कार्यक्रम अधिकृत रानाभाटका अनुसार १ नं वडाको तालमा मात्रै ५९ घरमा क्षति पुगेको थियो । अझै पनि तालका १५ घरपरिवार छिमेकीको आश्रयमा बस्न बाध्य छन् भने ६ घरपरिवार अन्यत्रै सरेका छन् । रासस

चिसो बढेपछि भत्किएकै घरमा फर्किन बाध्य भए बाढीपीडित

जाडो बढ्दै गएपछि मनाङका बाढीपहिरा पीडित जोखिमयुक्त घरमा फर्किन बाध्य भएका छन् । चार महिनादेखि त्रिपालमा बसेका बाढीपीडित जाडो बढेपछि त्यसबाट सुरक्षित हुन जोखिमयुक्त घरमै भएपनि फर्किन थालेका हुन् । मस्र्याङ्दी नदीमा आएको बाढीको डुबान र पहिराले नासों गाउँपालिकामा मात्रै ८२ घरधुरीमा क्षति पुगेको थियो । त्यहाँका १५ घर अझै उच्च जोखिममा छन् ।