चन्द्रपुर नगरपालिका–१ स्थित मंगलपुरका बाढीपीडितले सरकारले बनाइदिएको घर बेचेर थातथलो फर्किन थालेका छन् । रोजगारीको अभाव देखाउँदै बाढीबाट विस्थापित भएका उनीहरू घर बेचेर हिँडेका हुन् ।
सिन्धुपाल्चोकको हेलम्बुमा सञ्चालित ट्राउट फार्मबाट वार्षिक ६० टनभन्दा बढी माछा उत्पादन हुने गरेको थियो । सोचे अनुसारको आम्दानी हुने भएकाले पछिल्लो समय युवाले सो व्यवसायमा लगानी बढाउँदै गएका थिए । उनीहरुले एउटा ‘ट्राउट फार्म’का लागि मात्रै कम्तीमा रु चार करोड लगानी गरेका थिए । मेलम्ची करिडोर माछा पालन व्यवसायका लागि राम्रो मानिँदै थियो । गत वर्षको अकल्पनीय बाढीले यहाँका सबै माछा फार्ममा क्षति पुर्याएपछि व्यवसायीको अर्बौं लगानी डुबेको थियो । उनीहरु व्यवसायबाट विस