एमाले निकट बुद्धिजिवी परिषद् जेठ २ मा फर्कियो, पदाधिकारी हेरफेर (सूचीसहित)

काठमाडौं । नेकपा एमाले आबद्ध बुद्धिजिवीहरुको संगठन राष्ट्रिय बुद्धिजिवी परिषद् पार्टी एकताको १० बुँदे सहमति बमोजिम जेठ २ को संरचनामा फर्किएको छ । शुक्रबार र शनिबार काठमाडौंमा भएको राष्ट्रिय भेलाले नेकपा एकता प्रक्रियापछि माओवादीबाट एमालेमै बसेकाहरुलाई समेत समेटेर नेतृत्वमा हेरफेर गरिएको हो । संगठनको अध्यक्षमा जेठ २ अघिकै डा.दिनेशचन्द्र देवकोटा पुनर्वहाली भएका छन् । उनी […]

सम्बन्धित सामग्री

२०७५ जेठ २ गते अगाडिको संरचनामा फर्कियो मकवानपुर एमाले

हेटौँडा : नेकपा (एमाले) मकवानपुर २०७५ जेठ २ गते अगाडिको संरचनामा फर्किएको छ। आज हेटौँडामा तत्कालिन एमाले मकवानपुरका जिल्ला उपाध्यक्ष बद्री लम्सालको अध्यक्षतामा जिल्ला कमिटी बैठक बस्दै पुरानै संरचनामा फर्किएको हो। २०७५ जेठ २ अघिको एमाले मकवानपुरको अध्यक्ष मुनु सिग्देलले पार्टी विभाजन पछि नेकपा एकिकृत समाजवादीमा सनाखत गरेसँगै पुरानो संरचना…

मकवानपुरमा जेठ २ कै संरचनामा फर्कियो एमाले

हेटौंडा : नेकपा (एमाले) मकवानपुर २०७५ जेठ २ गतेको संरचनामा फर्किएको छ।शनिबार हेटौंडामा तत्कालीन एमाले मकवानपुरको जिल्ला उपाध्यक्ष बद्री लम्सालको अध्यक्षतामा जिल्ला कमिटी बैठक बसेर पुरानो संरचनामा फर्किएको हो। वि.स.२०७५ जेठ २ अघिको एमाले मकवानपुरको अध्यक्ष मुनु सिग्देलले पार्टी विभाजनपछि नेकपा (एकिकृत समाजवादी) रोजेपछि पुरोनो संरचनाअनुसार जिल्ला उपाध्यक्ष लम्सालको अध्यक्षतामा बैठक बसेको छ।बैठकमा लम्साल अध्यक्ष, गोपाल श्रेष्ठ उपाध्यक्ष, एकलाल श्रेष्ठ सचिव, लालबहादुर थापा उपसचिवसहितको तीन सय २९ सदस

ओलीको उद्घाेष : एमाले जेठ २ मा जस्ताको तस्तै फर्किँदैन

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०७५ जेठ २ मा एमाले जस्ताको तस्तै फर्किन नसक्ने प्रष्ट पारेका छन्। कास्कीका कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले भने, ‘१० बुँदे भन्ने छ अहिले। १० बुँदे समस्या समाधान गर्नका लागि हो, समस्या खडा गर्न होइन। जेठ २ भन्नुहुन्छ, जस्ताको तस्तै चार वर्ष अगाडिको ०७५ साल कहाँबाट फर्किन्छ? जस्ताको तस्तै त फर्किँनै सकिँदैन।’ माधव नेपाल समुहका तेस्रो धारका नेताहरूसँग गरिएको १० बुँदे सहमति विवाद झिक्न नभएर समाधानका लागि गरिएको उनको भनाइ छ।&nbs

कर्णालीमा एमाले जेठ २ मा फर्कियो

कर्णालीमा नेकपा एमाले पुरानै संरचना अर्थात ०७५ जेठ २ को अवस्थामा फर्किएको छ। त्यसका लागि सोमबार एमालेका उपाध्यक्ष एवम् कर्णाली प्रदेश इञ्चार्ज युवराज ज्ञवालीको अध्यक्षतामा सुर्खेत पार्टी कार्यालयमा बैठक बसेको थियो । बैठकमा सहभागी एमाले नेता गुलाबजङ्ग शाहले नेकपा माओवादी केन्द्रसँग एकीकरण हुनु पहिलाको  जेठ २ गतेकै अबस्थामा फकाउने निर्णय भएको रातोपाटीलाई जानकारी दिए । उनले भने,‘ आजको बैठकमा हामीले कर्णालीमा एमालेलाई एकताबद्ध बनाउने र पुरानै संरचनालाई ब्युँत्याई जनतामाझ जा

जेठ २ मा फर्केको एमाले बैठकमा पूर्वमाओवादी पनि सहभागी

जेठ २ को संरचनामा फर्कने भनिएको नेकपा एमालेको स्थायी कमिटी बैठकमा पूर्व माओवादीका नेताहरु पनि सहभागी भएका छन् ।सोमबार एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा भएको सहमति अनुसार नेकपा एमालेको २०७५ जेठ २ को एमाले संरचनाअनुसार स्थायी समिति बैठक बस्ने भनिएको थियो । यसो हुँदा फागुन २३ पछि माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका नेताहरु रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी र मणिचन्द्र थापा बैठकमा सहभागी हुन मिल्दैन । तर मंगलबार तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको बैठकमा पुर्व माओवादीबाट मिसि

एमाले फर्कियो जेठ २ मा

एमाले २०७५ जेठ २ को अवस्थामा फर्किएको छ। यसकै सन्देश दिन सोमबार सुरु केन्द्रीय कमिटी बैठकलाई १० औं बैठक भनिएको छ। नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीका नौवटा बैठक माओवादी केन्द्रसँगको एकताअघि २०७५ जेठ ३ सम्ममा बसेका थिए। तर, नेकपा एकता बदर भई गत फागुन २३ गते साविक पार्टीहरू ब्युँतिएपछि बसेका एमालेका चार बैठकलाई विशेष बैठकमा परिणत गरिएको छ। प्रवक्ता प्रदीपकुमार ज्ञवालीले असार २७ गते गरिएको १० बुँदे सहमतिका आधारमै यो बैठकलाई १० औं भनिएको बताए। प्रवक्ता ज्ञवालीका अनुसार २०७५ जेठ २ गतेपछिको निरन्तर सिलसिला...

‘जेठ २ मा फर्किए पनि मूल्यको राजनीति त्यागिँदैन’

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले जुनसुकै अवस्थामा पनि मूल्यको राजनीति नत्यागिने बताएका छन्। विपक्षी गठबन्धनले बुधबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता नेपालले पार्टी २०७५ जेठ २ को अवस्थामा फर्किए पनि मूल्यको राजनीतिबाट पछि नहट्ने बताएका हुन्। कार्यक्रमका सहभागीले एमाले जेठ २ मा फर्किँदा नेता नेपालको कदमबारे प्रश्न उठाएपछि उनले भने, 'यहाँ जेठ २ को कुरा आएको छ, जे-जे भएपनि मूल्यको राजनीति त्यागिँदैन म यत्ति भन्न चाहन्छु।’राष्ट्र, जनता र समाज

महाधिवेशन आयोजक कमिटीलाई जेठ २ को केन्द्रीय कमिटीमा रूपान्तर गर्ने एमाले निर्णय

नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमै रुपान्तर गर्ने निर्णय गरेको छ । मंगलबार अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी समिति बैठकले आयोजक कमिटीलाई जेठ २ को केन्द्रीय कमिटीमा रूपान्तरण गर्ने एमाले निर्णय गरेको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार जेठ २ मा नेकपा एमालेको केन्द्रीय कमिटी २४१ सदस्यीय रहेकोमा अब सोही कायम रहनेछ । यस्तै केन्द्रीय कमिटीको बैठक आगामी असार १८ गतेका लागि बोलाउने निर्णय समेत बैठकले गरेको छ । एमालेको माधव कुमार नेपाल समूहलाई फ...

बामदेवले भने, ‘एकताका लागि जेठ २ को नेकपा(एमाले) कायम हुनुपर्छ’

काठमाडौं। एमाले नेता वामदेव गौतमले पार्टी अध्यक्ष केपी शर्मा आलीलाई जेठ २ अघिको कमिटी बैठक बोलाउन आग्रह गरेका छन्। उनले विज्ञप्ति जारी गर्दै पार्टी एकताका लागि २०७५ जेठ२ गते कायम रहेका पदाधिकारीसहितको स्थायी कमिटी बैठक बोलाउन माग गरेका हुन्। ५ बुद्धे विज्ञप्तिमा गौतमले प्रधानमन्त्रीले आह्वान गरेको पत्रमा कुटिल चातुर्यता र जालझेलको अनुमान गर्न सकिने भाषाशैलीको प्रयोग भएको समेत बताएका छन्।

एमालेमा मिलनबिन्दुको खोजी– त्यो जेठ २ देखि यो जेठ २ सम्म !

जेठ २ गतेकै अवस्थामा फर्किने कि फागुन २८ गतेको अवस्थाबाट नयाँ यात्रा शुरू गर्ने भन्ने विषयलाई लिएर नेकपा एमालेभित्र दुई महिना यता चलेको रस्साकस्सी जेठ २ गते नै फर्किने गरी सहमतिउन्मुख भएको छ । ‘जेठ २’मा फर्किने सहमति कार्यान्वयनको खाका बनाउन आज आइतवार जेठ २ मै कार्यदल गठनको संयोग जुरेको छ ।  आजभन्दा तीन वर्ष अगाडि २०७५ जेठ ३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेकपा गठन भएको थियो ।  एकताको तीन वर्ष नपुग्दै गत फागुन २३ गतेको अवस्थामा आइपुग्दा नेकपा जेट ‘क्र्यास’ भ...