काठमाण्डौ – उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने कुरामा सरकारले ढिलो नगर्ने बताउनुभएको छ ।
आज मङ्गलवार नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घ (सीएनआई) का पदाधिकारीसँगको भेटमा अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उहाँले निजी क्षेत्रले बेहोरिरहेको समस्यालाई लिएर सरकार संवेदनशील रहेको पनि बताउनुभयो ।
अर्थमन्त्री पौडेलले आफूले निजी क्षेत्रका समस्या निजी क्षेत्र नै भएर हेर्ने र निजी क्षेत्रले पनि सरकारको समस्या सरकार भएर हेर्नुपर्न...