मन्त्रिपरिषद्को बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको बैठकमा कोरोना रोकथाम र नियन्त्रणबारे विभिन्न निर्णय भएको बताइएको छ ।
बैठकले पहाडी क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० कोरोनाका सक्रिय संक्रमित नाघेमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको एक मन्त्रीले बताए । जुन सिफारिस सीसीएमसीले गरेको थियो ।
आजै काठमाडौं उपत्यकामा एक साताका लागि लकडाउन भइसकेको छ भने सीसीएमसीको बैठकबाटै पूर्वनिर्धारित परीक्षा आजदेखि नै लागू हुनेगरी स्थगित भइसकेको छ ।