नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीचको सम्बन्ध यति प्रगाढ छ कि उनीहरूको आफ्नै पार्टीका कोही नेतासँग यति विश्वासिलो सम्बन्ध सायदै होला ।
प्रचण्ड र नेपालले एकअर्कासँग नसोधी कुनै पनि राजनीतिक ‘मूभ’ लिँदैनन् । कुनै बेला एकअर्कालाई देख्न पनि नचाहने अवस्था भएका यी नेताबीच अहिलेको मोह कुनै बेलाको आक्रोश र द्वन्द्व बिर्साउने खालको छ ।
माओवादी सशस्त्र द्वन्द्वमा हुँदादेखि नै नेपाल र प्रचण्डको सम्बन्ध बलियो बनेको थियो । २०५८ सालपछाडि माओवादीको सशस्त्र स...