बर्दिया : क्याम्पसहरूको आन्तरिक व्यवस्थापनमा प्रदेशले सहयोग नगरेको भन्दै बाँके र बर्दियाका सामुदायिक क्याम्पसहरू आन्दोलित भएका छन्।प्रदेशले भौतिक संरचना निर्माणका लागि मात्रै अनुदान दिने गरेको तर आन्तरिक व्यवस्थापनमा सहयोग नगरेको भन्दै क्याम्पसहरू आन्दोलित भएका हुन्। उच्च शिक्षाको पहुचबाट टाढा रहेको वर्गलाई लक्षित गरी खोलिएका सामुदायिक क्याम्पसहरू अझै पनि जनसमुदायकै जग्गा, शुल्क तथा दानबाट चल्दै आएका छन्।क्याम्पसहरूको भौतिक संचरना बाहेक आन्तरिक (जनशक्ति) व्यवस्थापनका लागि स्थानीय, प्रदेश र संघीय