हेटौंडा। बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डेले पत्रकारलाई विभिन्न स्थानमा डकुमेन्ट्री बनाउन जाने खर्च दिने र उक्त डकुमेन्ट्रीसमेत सरकारले खरिद गरिदिने बताएका छन्। आज पत्रकार महासङ्घ बागमती प्रदेशले आयोजना गरेको अन्तरक्रियामा मन्त्री पाण्डेले भने,“म पक्षपात नगरिकन सबै सञ्चारमाध्यम र सञ्चारकर्मीको विकासका निम्ती कार्य गर्नेछु।’’ उनले सञ्चार क्षेत्रले गर्ने आलोचनाले सरकारका कामलाई सुधार्ने मौका दिने बताए। रासस