कोरोना महामारीले लामो समयदेखि प्रभावित सौराहाको पर्यटन व्यवसाय लयमा फर्कन थालेको छ । पछिल्लो समय विदेशी पर्यटक मात्रै हैन, आन्तरिक पर्यटक पनि सौराहा आउन थालेका छन् ।
क्षेत्रीय होटल सङ्घ सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरे सौराहाको व्यवसाय सामान्यतर्फ उन्मुख हुँदै गएको बताउनुभयो । “सौराहाको औसत अकुपेन्सी ४० प्रतिशतको हाराहारी हो । अहिले हामी त्यो औसत नजिक छौँ,” उहाँले भन्नुभयो । सौराहाका ११० वटा पर्यटकीय होटलमा दुई हजार पाँच सय श-या छन् । यीमध्ये अहिले हरेक दिन ३५ देखि ४० प्रतिशतको अकुपेन्सी रहेको बताइएको छ ।