लयमा फर्कंदै हेलम्बुको पर्यटन

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्प र त्यसपछिको कोरोना महामारीका कारण शिथिल बनेको हेलम्बुको पर्यटन क्षेत्र लयमा फर्किन थालेको छ। भूकम्पले पु¥याएको क्षतिको पुनर्निर्माण करिब करिब सकिएको छ। अहिले कोरोना महामारीको त्रास पनि छैन। निर्माणाधीन गे्रट टे«ल, हिमाली दृश्यलगायत ह्योल्मो, शेर्पा, तामाङ जातिको रीतिरिवाज, वेशभूषा, रहनसहन, कला संस्कृतिका कारण यस क्षेत्रमा पर्यटक आगमन बढेको हो। यस क्षेत्रका आमा याङ्ग्री, मेलम्चीघ्याङ, तार्केघ्याङ, शेर्माथाङ, ककनी, कुटुमसाङ, घोप्टोघ्याङलगायत हेलम्बुमा आन्तरिक र बाह्य पर्यटक भित्रिन थालेका हुन्।

सम्बन्धित सामग्री

पुरानै लयमा फर्कंदै पर्यटन

सन् २०२३ को चार महिनाको अवधिमा तीन लाख २६ हजार पाँच सय २७ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२२ को समीक्षा अवधिमा विदेशी पर्यटक आगमन एक सय ३२ दशमलव ६७ प्रतिशतले बढेको छ । सन् २०२२ को जनवरीदेखि अप्रिलसम्म एक लाख ४० हजार तीन सय ३६ पर्यटक आएकामा यस वर्षको सोही अवधिमा तीन …

कञ्चनजंघा क्षेत्रमा पर्यटन व्यवसाय लयमा फर्कंदै

ताप्लेजुङ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा क्षेत्रमा पर्यटन व्यवसाय विस्तारै लयमा फर्कन थालेको छ । कञ्चनजंघा संरक्षण तथा व्यवस्थापन परिषद् कार्यालयका अनुसार गएको चार महीनामा ४३९ विदेशी पर्यटकले भ्रमण गरेका छन् । कोभिड–१९ का कारणले लामो समय सुनसानजस्तै रहेको कञ्चनजंघा हिमशृंखला क्षेत्रमा पर्यटकीय चहलपहल बढ्दै गएको छ । परिषद् कार्यालयका सचिव मनकुमार लिम्बूका यहाँ बसोबास गर्ने समुदायको मुख्य आम्दानीको स्रोत पर्यटन भएको बताउँछन् । ‘पर्यटकको आगमनले पर्यटन तथा होटल व्यवसायी उत्साहित भएका छन्,’ उनले भने । पर्यटकलाई लक्षित गरेर कञ्चनजंघा हिमाल जाने पदमार्गमा साना–ठूला लगानीका ५२ होटल सञ्चालनमा छन् । फक्ताङलुङ गाउँपालिका–६ ग्याप्लामा रू. सात करोडभन्दा बढीको लगानीमा बनेको सिंगी नामजोङ होटल सञ्चालनमा छ । समुद्री सतहबाट तीन हजार ५०० मिटरदेखि चार हजार ५०० मिटर उचाइमा रू. एक करोडभन्दा बढी लगानीमा बनेका चार होटल सञ्चालनमा रहेको परिषद्को कार्यालयका कार्यक्रम सहायक संयोजक जितेन चेम्जोङले जानकारी दिए । ‘कोरोनाका कारण लामो समयसम्म यहाँ पर्यटकको आगमन हुन सकेको थिएन । पर्यटन व्यवसायी निराश भएका थिए । पहिल्लो समय पर्यटक आगमनले व्यवसायी उत्साहित भएका छन्,’ घुन्साका होटल व्यवसायी पेमा शेर्पाले भनिन् । आर्थिक वर्ष २०७६/७७ मा ३८६ पुरुष र १८६ महिला विदेशी पर्यटक कञ्चनजंघा क्षेत्रमा आएको परिषद्को तथ्यांकमा उल्लेख छ । २०५७ देखि २०७७ सालसम्म ११ हजार १९७ विदेशी पर्यटकले कञ्चनजंघा हिमालको अवलोकन गरेको परिषद्ले बताएको छ । कञ्चनजंघाको आधार शिविर पुग्न दुई पदमार्ग प्रयोग गरिँदै आएको छ । पाँचथरको गणेशचोक हुँदै ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका भएर पर्यटक कञ्चनजंघा हिमालको आधार शिविर पुग्छन् । काठमाडौंबाट हवाईमार्ग भएर ताप्लेजुङको सुकेटर विमानस्थलसम्म हुँदै फक्ताङलुङ गाउँपालिकाको बाटो प्रयोग गरी कञ्चनजंघाको आधार शिविर पुगिन्छ । यहाँ आउने पर्यटकको विवरण परिषद्ले राख्ने गरेको छ । रासस

उड्डयन क्षेत्र लयमा फर्कंदै

कोभिड महामारीले धराशायी हुन पुगेको नेपालको उड्डयन क्षेत्र पुरानो लयमा फर्किने क्रममा रहेको पर्यटन सचिव सुरेश

लयमा फर्कंदै पर्यटन, चहलपहल बढ्ने संकेत

काठमाडौं । लामो समय कोरोना विश्व महामारीको प्रभावले थलिएको नेपालको पर्यटन क्षेत्र बिस्तारै लयमा फर्कंदै छ । कोरोना संक्रमितको संख्या र मृत्युदर पनि क्रमशः घटेर अहिले दैनिक न्यून भएको र धमाधम विदेशी पर्यटक नेपाल भित्रिने क्रम बढेसँगै नेपालको पर्यटन बिस्तारै पुरानै लयमा फर्किन थालेको सम्बन्धित व्यवसायी एवं सरोकारवालाहरूले बताएका छन् । उनीहरूले अब बिस्तारै आन्तरिक […] The post लयमा फर्कंदै पर्यटन, चहलपहल बढ्ने संकेत appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

लयमा फर्कंदै डोटीको पर्यटन

कोभिड–१९ को सङ्क्रमणका कारण विगत दुई वर्षदेखि थलापरेको यहाँको होटेल तथा पर्यटन व्यवसाय अहिले पुरानै लयमा फर्किन थालेको छ । जिल्लामा कोरोना सङ्क्रमणको जोखिम अन्त्य भएसँगै यहाँका पर्यटकीय क्षेत्र तथा होटल पर्यटकले धमाधम भरिन थालेका छन् । दुई वर्षदेखि महामारीले शिथिल भएको डोटीको पर्यटकीय क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढ्न थालेसँगै यहाँका बजारमा चहलपहल बढ्नुका साथै होटेल, पर्यटन तथा अन्य व्यवसाय सुधारतर्फ फर्किएको डोटी उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनबहादुर कलेलले बताए । उन

लयमा फर्कंदै पर्यटन

बेला–बेला आइपर्ने प्राकृतिक विपत्तिलगायत मानव घटनाबाट कहिल्यै अछुतो नभएको नेपालको पर्यटनले २०७२ वैशाखको भूकम्पपछि ११ चैत २०७६ देखि लामो समय कोरोना संक्रमणकाल झेल्नुप-यो । विश्व महामारी कोरोनाबाट आफ्ना नागरिकलाई बचाउने प्रयासबापत गरिएको लकडाउनका बेला होटल, कलकारखना, पसल, उद्योगलगायत क्षेत्र पूर्ण बन्द भए । त्यो समय सरकारले हवाई उडानलगायत सम्पूर्ण पर्यटकीय गतिविधि ठप्प पारेर साता हुँदै […] The post लयमा फर्कंदै पर्यटन appeared first on राजधानी राष्ट्रिय दैनिक.

लयमा फर्कंदै पर्यटन व्यवसाय

कोभिड–१९ को महामारीका कारण सुस्ताएको पर्यटन क्षेत्र विस्तारै लयमा फर्किन थालेको छ । सन् २०२०को अन्त्यमा फैलिएको कोभिड–१९ का कारण पछिल्लो समय पर्यटक आगमनमा गिरावट आएको थियो । सन् २०२२ देखि भने पर्यटक आगमनमा सुधार हुँदै आएको छ ।सन् २०२२ को पहिलो महिना जनवरीमा करिब १७ हजार पर्यटक घुम्नका लागि नेपाल आएका थिए । दोश्रो […]

लयमा फर्कंदै सौराहाको पर्यटन

कोरोना महामारीले लामो समयदेखि प्रभावित सौराहाको पर्यटन व्यवसाय लयमा फर्कन थालेको छ । पछिल्लो समय विदेशी पर्यटक मात्रै हैन, आन्तरिक पर्यटक पनि सौराहा आउन थालेका छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरे सौराहाको व्यवसाय सामान्यतर्फ उन्मुख हुँदै गएको बताउनुभयो । “सौराहाको औसत अकुपेन्सी ४० प्रतिशतको हाराहारी हो । अहिले हामी त्यो औसत नजिक छौँ,” उहाँले भन्नुभयो । सौराहाका ११० वटा पर्यटकीय होटलमा दुई हजार पाँच सय श-या छन् । यीमध्ये अहिले हरेक दिन ३५ देखि ४० प्रतिशतको अकुपेन्सी रहेको बताइएको छ ।

लयमा फर्कंदै कालिञ्चोकको पर्यटन व्यवसाय

दोलखा । दोलखाको कालिञ्चोकमा पर्यटन व्यवसाय पुरानै लयमा फर्कन थालेको छ । हिउँ पर्ने याम शुरू भएकाले पनि कालिञ्चोक घुम्न आउने आन्तरिक पर्यटकको संख्या बढेको छ । कोरोना महामारी कम भएको तथा हिउँ पर्ने सिजन शुरू भएकाले होटल बुकिङ बढेको होटल सुनपातीका प्रबन्धक विमल ओझाले बताए । विशेषगरी शुक्रवार होटलको ‘अकुपेन्सी’ क्षमता अनुरूप नै हुने गरेको उनको भनाइ छ । यस्तै कालिञ्चोक कुरीका अर्का होटल व्यवसायी चन्द्र लामाले पछिल्ला दिनमा पर्यटक आउने क्रम बढेको बताए । अन्य दिन ३० देखि ४० प्रतिशत कोठा बुक हुने गरेकोमा शुक्रवार भने ८० प्रतिशतभन्दा पुग्ने गरेको कालिञ्चोकका होटल व्यवसायी बताउँछन् । कोभिडका कारण एक वर्षभन्दा बढी समयदेखि पर्यटक आगमन ठप्पप्रायः रहेको कालिञ्चोकमा अहिले पुनः पर्यटकीय चहलपहल हुन थालेको छ । साथै केबलकार चढेर कालिञ्चोक मन्दिर दर्शन गर्नेहरू समेत बढिरहेकोे कालिञ्चोक केबलकारका निमित्त प्रमुख सन्देश शिवाकोटीको भनाइ छ । कोभिडकै कारण करीब डेढ वर्षदेखि केबलकार बन्द थियो । विशेषगरी हिउँ पर्ने सिजनमा कालिञ्चोकमा आन्तरिक पर्यटकको भीड लाग्ने गर्दछ । काठमाडौं उपत्यका र आसपासका जिल्लाबाट हिउँ खेल्न जानेहरूका लागि नजिकको आकर्षक गन्तव्यको रूपमा कालिञ्चोक परिचित छ । दृश्यावलोकन गर्न, हिउँ खेल्न तथा कालिञ्चोक भगवतीको दर्शन गर्न वर्षेनि हजारौं मानिस कालिञ्चोक आउने गरेका छन् । ३ हजार ८४१ मिटर उचाइमा रहेको कालिञ्चोकबाट रोल्वालिङ तथा जुगल हिमश्रृंखला तथा सूर्यास्तको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । कालिञ्चोकमा साना ठूला गरी ५० होटल छन् । महामारीले व्यवसाय नै ठप्प भएको समयमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेकाले सदरमुकाम चरिकोटका होटल व्यवसायी समेत उत्साहित छन् । कोरोना महामारी बढेका बेला दोलखाको होटल व्यवसायमा दैनिक २५ लाख रुपैयाँ घाटा भएको अनुमान गरिएको छ । आन्तरिक पर्यटकको रोजाइमा परेको कालिञ्चोकमा पर्यटक आउँदा सदरमुकाम चरिकोटका होटलको पनि व्यवसाय बढ्ने गरेको चरिकोटस्थित होटल लक्ष्मीका सञ्चालक राजेश उप्रेतीले बताए । ‘पर्यटक भरिभराउ हुने भएकाले हिउँ पर्ने सिजनमा यहाँको होटल व्यवसायमा पनि राम्रै कारोबार हुन्छ,’ उनले भने । सिजनमा होटल बुक नगरी आउँदा आन्तरिक पर्यटक अलपत्र पर्न सक्ने भएकाले पहिले नै होटल बुक गरेर मात्र आउन उनको सुझाव छ ।

लयमा फर्कंदै पर्वतारोहण हिउँदमा पनि आकर्षण

कोरोना सङ्क्रमणका कारण मुख्य सिजनमै ठप्प भएको पर्वतारोहण बिस्तारै लयमा फर्कंदै छ । बन्दाबन्दीपछि प्रायः सबै क्षेत्र खुला हुँदा पर्वतारोहणमा पनि आरोहीको आकर्षण थपिएको छ । तुलनात्मक रूपमा कम रोजाइमा पर्ने हिउँदे पर्वतारोहणमा पनि यस वर्ष पर्यटन विभागले उल्लेख्य सङ्ख्यामा आरोहण अनुमति प्रदान गरेको छ । विभागका अनुसार हिउँदमा आरोहणका लागि अहिलेसम्म ४३ जनाले अनुमति पाइसकेका छन् । अनुमति पाउनेमा १४ जना नेपाली छन्