आजभन्दा १४ वर्षअघि अर्थात् २०६५ भदौ २ गते नेपालको सबैभन्दा ठूलो नदीका रूपमा रहेको सप्तकोशी नदीको पूर्वी तटबन्ध फुटेर आएको बाढीका कारण ठूलो धनजन क्षति भयो । सो घटना सम्झँदै त्रसित हुने स्थानीयको जनजीविका घटना भएको १४ वर्ष बितिसक्दासमेत पूर्वावस्थामा फर्कन सकेको छैन । कोशी नदीको पूर्वी तटबन्धको मूल फुटेर गाउँमा पस्दा सुनसरीको तत्कालीन पश्चिम …