कोरोना संक्रमितको शव व्यवस्थापनमा खटिए महिला सैनिक

धनगढी । कोरोना भाइरस संक्रमितको शव व्यवस्थापनमा महिला सैनिक पनि खटिन थालेका छन् । यसअघि संक्रमितको शव व्यवस्थापनमा पुरुष सैनिक मात्रै खटिदै आएको थिए । कैलालीको अत्तरियास्थित भवानी दल गणले बुधबार पहिलो पटक उपसेनानी शशी केसीको नेतृत्वमा ६ जना महिला सैनिकहरुलाई संक्रमितको शव व्यवस्थापनमा खटाएको हो । उपसेनानी केसीको नेतृत्वमा खटिएका महिला सैनिकले सेती प्रादेशिक […]

सम्बन्धित सामग्री

कोरोना संक्रमितको शव व्यवस्थापन गर्दै महिला सेना

प्यूठानमा पछिल्लोपटक कोरोना संक्रमितको शव व्यवस्थापनमा महिला सैनिकहरु सकृय भएका छन् । पछिल्लो पटक कोरोना संक्रमित भई बिजुवार आईसोलेसनमा उपचारको क्रममा मृत्यु भएकी प्यूठान नगरपालिका–३ निवासी ६६ बर्षीया महिलाको शव विशेष तालिम प्राप्त महिला सैनिक टोलीले व्यवस्थापन गरेको हो । आईतबार नेपाली सेनाको ईन्द्रध्वज गणबाट खटिएको महिला सैनिक टोलीले बिजुवारस्थित झिमरुक नदीमा हिन्दू परम्परा अनुसार शव व्यवस्थापन गरेको गणपति अर्जुनबिक्रम थापाले जानकारी दिनुभयो । उहाँले कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको शव मृतकको सांस्कृतिक परम्परा अनुसार व्यवस्थापन गर्ने गरिएको बताउनु भयो ।

कैलालीमा संक्रमितको शव व्यवस्थापनमा महिला सैनिक खटिए

धनगढी : कैलालीमा कोरोना संक्रमितको शव व्यवस्थापनका लागि नेपाली सेनाले महिला सैनिकलाई पनि खटाएको छ।  धनगढीमा रहेको नेपाली सेनाको भवानी दल गणले बुधबारदेखि उप(सेनानी शशी खड्काको कमाण्डमा ५ जनाको टोली शव व्यवस्थापनमा खटाएको हो।  भवानी दल गणका प्रमुख सेनानी विकास केसीले उक्त टोलीले विशेषगरी कोरोना संक्रमणबाट ज्यान गुमाएका महिला तथा बालबालिकाको शव व्यवस्थापन गर्ने जानकारी दिए। ‘सैनिक महिलाहरुलाई संक्रमितको शव व्यवस्थापनका लागि तालिम दिइरहेका थियौँ,’ प्रमुख सेनानी केसीले भने, ‘आजद...

यसरी शव व्यवस्थापन गर्छन् महिला सैनिक (फोटो फिचर)

२३ पुस, काठमाडौं । कोरोना संक्रमितको शव व्यवस्थापनमा नेपाली सेनाले महिला सैनिकलाई समेत अघि सारेको छ । उपत्यका पृतना अन्तरगतका युनिटलाई क्रमागत रुपमा दिइने जिम्मेवारी अनुसार महिला मात्र रहेको गोरखकाली गुल्मका सैनिकहरुले शव व्यवस्थापन गर्ने गरेका …