काेराेना नियन्त्रण गर्न नेपाल सफल बनिरहेकाे भन्दै विदेशबाट प्रशंसा आइरहेकाे छ : प्रधानमन्त्री

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल कोरोना महामारी नियन्त्रण गर्न सफल बनिरहेको भन्दै विदेशबाट प्रशंसा आइरहेको बताउनुभयो । आज आइतवार काठमाण्डाैमा आयोजित साक्षर गण्डकी घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले यस्ताे बताउनुभएकाे हाे ।  उहाँले कोरोना नियन्त्रण गर्न सफल भएकै कारण बेलायत सरकारले नेपाली नागरिकहरूलाई भिसा दिएको बताउनुभयो । उहाँले नेपालले पूर्ण रूपमा कोरोना नियन्त्रण गर्न नसके पनि क्रमिक रूपमा नियन्त्रण गर्न सरकार सफल भएको बताउनुभयो । प्रधानमन्त्री देउवाले गण्डकी प्रदेशलाई साक्...

सम्बन्धित सामग्री

राजस्व चुहावट नियन्त्रण गर्नुस् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राजस्व संकलनमा देखिएका चुनौती समाधान गर्न र राजस्व चुहावट नियन्त्रणका लागि क्रम भंग गर्न राजस्व प्रशासनका अधिकारीहरूलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलवार आयोजित राजस्वको अवस्था र चुहावट नियन्त्रणसम्बन्धी छलफलमा प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘अर्थतन्त्रको समग्र स्थिति हेर्दा अधिकांश सूचक सकारात्मक हुँदै गएका देखिए । गत पुसदेखि अर्थतन्त्रमा क्रमश: सुधार आएको देखियो । तर, यसको अर्थ नेपाली अर्थतन्त्र संकटमुक्त भइसक्यो भन्ने होइन । राजस्व संकलनमा अहिले पनि केही समस्या छन् ।’ राजस्वको दायरा बढाउने र चुहावट नियन्त्रणको कार्यलाई एकैसाथ अगाडि बढाउन प्रधानमन्त्री दाहालले निर्देशन दिनुभयो । ‘नीतिगत सुधारको प्रयत्नबाट यी काम अगाडि बढाउन सकिन्छन्,’ उहाँले भन्नुभयो, ‘चुहावट नियन्त्रणका लागि राजस्व प्रशासनलाई सुदृढ र समन्वयात्मक बनाउनुपर्छ ।’ चुहावट भन्सारमा मात्र नभएर राजस्व संकलनका अन्य क्षेत्रमा पनि यो समस्या रहेको उहाँको भनाइ छ । ‘यसको दायरा बढाउनुको अर्थ प्रभावकारिता बढाउनु पनि हो । समन्वयात्मक ढंगले अगाडि बढ्दा परिस्थिति बदल्न सकिन्छ,’ प्रधानमन्त्री दाहालले भन्नुभयो । राजस्व प्रशासन र नियन्त्रणका क्षेत्रमा काम गरिरहेका कर्मचारी र सुरक्षाकर्मीले उच्च मनोबल र असल आचरणका साथ काम गर्नुपर्छ भन्दै उहाँले प्रविधिको प्रयोग ठीक ढंगले नगरी चुहावट नियन्त्रण र सुरक्षा प्रबन्ध प्रभावकारी हुन नसक्ने बताउनुभयो । ‘राजस्व छली गर्ने ठूलो शक्तिलाई नछुने तर सानालाई मात्र छुन्छन् भन्ने आम गुनासो छ । तसर्थ, अर्थतन्त्रलाई नकारात्मक प्रभाव पार्ने ठूलालाई नियमन र नियन्त्रण गर्न विशेष जोड गर्नुपर्छ,’ प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘ठूला बदमासी नियन्त्रण गरेपछि साना बदमासी क्रमश: न्यूनीकरण हुन्छन् । तपाईंहरूले देश र अर्थतन्त्रको हितमा कदम चाल्नुस् । राज्य निरीह छैन, गलत काम गर्ने कसैलाई पनि छोड्दैन भन्ने सन्देश दिनुस् ।’ कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व संकलन र चुहावटका क्षेत्रमा हुनसक्ने सम्भावित मिलेमतोलाई ‘चेन ब्रेक’ गर्ने गरी कार्यविभाजन गर्न निर्देशन दिइसकेको जानकारी गराए । मितव्ययिता र खर्च कटौतीको विषयलाई गम्भीरतापूर्वक लिएर सोहीअनुरूप कार्ययोजना र कार्यान्वयनमा लैजान आफूले मेहनत गरिरहेको उनको भनाइ थियो । छलफलमा राजस्वसँग सम्बन्धित सरकारी निकायका प्रमुखले देशको अर्थतन्त्रको आजको अवस्था, अर्थतन्त्रका चुनौती, राजस्व संकलनको अवस्था, राजस्व चुहावट नियन्त्रणमा सरकारले चाल्नुपर्ने कदम र आगामी कार्ययोजनाबारे प्रस्तुति राखेका थिए । कार्यक्रममा प्रधानमन्त्री र अर्थमन्त्रीका साथै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, प्रधानमन्त्री कार्यालयका सचिव गणेश पाण्डे, अर्थसचिव तोयम राया, राजस्व सचिव रामप्रसाद घिमिरे, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याललगायत सहभागी थिए । रासस

अर्थतन्त्र चलायमान बनाउन सरकार क्रियाशील : प्रधानमन्त्री देउवा

काठमाडौं, ४ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले डेङ्गुको रोकथाम र नियन्त्रणका लागि सरकारले निरन्तर पहल गरिरहेको बताएका छन् । आज यहाँ ‘दोस्रो नेपाल चिकित्सक राष्ट्रिय स्वास्थ्य सम्मेलन’को उद्घाटन गर्दै उनले कोभिड–१९ को महामारी नसकिँदै डेङ्गुको सङ्क्रमण बढेकाले रोकथाम र नियन्त्रण गर्नुका साथै उपचारको व्यवस्था गरिएको बताए । स्वास्थ्य पूर्वाधार विस्तार गरेर महामारी नियन्त्रण गरी अर्थतन्त्रलाई […]

मिटरब्याजी अपराध नियन्त्रण गर्न कार्यदल गठन

काठमाण्डाै – सरकारले मिटरब्याजी अपराध नियन्त्रण कार्यदल गठन गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट ६ सदस्यीय कार्यदल गठन गर्नुभएको हो ।  गृह मन्त्रालयका सह–सचिव डा. भीष्म भुसालको संयोजकत्वमा रहेको कार्यदलमा नेपाल प्रहरीका केन्द्रीय अनसुन्धान ब्युरोमा कार्यरत वरिष्ठ उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका कानुन उपसचिव श्रीकृष्ण पौडेल, नेपाल प्रहरीको अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्...

प्रधानमन्त्री देउवाको निर्देशनपछि गठन भयो मिटरब्याज नियन्त्रण कार्यदल

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले मिटरब्याजी अपराध नियन्त्रण गर्न कार्यदल गठन गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रवार बिहान गृहमन्त्री खाण, नेपाल प्रहरीका महानिरीक्षक धिरज प्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र गृह मन्त्रालयका सहसचिवलाई बोलाएर मिटरब्याजीसम्बन्धी समस्या समाधानका लागि उपायहरू पहिचान गरी अपराधीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन र भविष्यमा…

नेपाल कोरोना नियन्त्रणमा सफल : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा कोरोना भाइरसलाई नियन्त्रण गर्न सफल भएको बताएका छन्। श्रीलंकामा जारी बंगालको सहयोगका प्रयास बिम्स्टेकको पाँचौं सम्मेलनमा भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रण नेपाल सफल भएको बताएका हुन्।  उनले दीगो विकास र शान्तिको लागि बिम्स्टेकसहित निजी साझेदारको आवश्यकतामा जोड दिएका छन्। देउवाले सबै देशको एकआपसमा सहयोग आदानप्रदानले जस्तोसुकै प्राकृतिक विपदलाई परास्त पार्न सकिने धारणा बताए।  उन

कोरोना नियन्त्रण र बाढी प्रभावितलाई राहतमा केन्द्रित हुन प्रधानमन्त्रीलाई सुझाव

३१ असार, काठमाडौं । सत्तारुढ गठबन्धनका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई कोरोना महामारी नियन्त्रण र बाढी तथा पहिरो प्रभावितहरुको राहतमा केन्द्रीत हुन सुझाव दिएका छन् । प्रधानमन्त्री देउवालाई सरकार गठनमा सहयोग गर्ने दलका नेताहरुलाई सिंहदरबारमा बोलाएर छलफल गरेका थिए । अरु दलका शीर्ष नेताहरु सहभागी यो छलफलमा नेकपा एमालेको माधवकुमार नेपाल समूहका डा. विजय पौडेल सहभागी […]

आवश्यक नभएको वस्तु आयात नगरौं : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अनावश्यक वस्तु आयात भइरहेको भन्दै त्यसलाई नियन्त्रण गर्न आग्रह गरेका छन् ।देखासिकीका भरमा विदेशी वस्तु मगाउने र उपयोग गर्ने प्रवृत्ति बढेको भन्दै उनले त्यसबाट राष्ट्रिय अर्थतन्त्रको विकास हुन नसक्ने बताए । नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिक साधारणसभालाई बिहीबार राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अत्यावश्यक बाहेक उपभोग्य वस्तु आयात […]

कृषि अनुदान वितरणको मनपरी रोकिन्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि अनुदानमा भइरहेको मनपरी नियन्त्रण गर्न बताएका छन् । बिहीबार अखिल नेपाल किसान महासंघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली सरकारले किसानको पहिचान र वास्तविक कृषकलाई मात्र अनुदान वितरण गर्नेसमेत बताए