एजेन्सी । कतारमा जारी विश्वकप फुटबलको सेमिफाइनलको समीकरण पुरा भएसँगै गोल्डेन बुट कसले पाउने भन्ने चर्चा पनि उत्तिकै चलेको छ । उक्त रेसमा तीन खेलाडी अगाडि रहेका छन् । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सी र फ्रान्सका दुई खेलाडी काइलियन एम्बाप्पे र ओलिभर जिरु रहेका छन् ।