फिफा विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीलार्इ गोल्डेन बुट प्रदान गरिन्छ। यदि खेलाडीहरु बीच गोलहरु बराबरी भएमा त्यसको छिनोफानो उनीहरुले गरेको एसिस्ट र त्यसपछि उनीहरुले मैदानका खेलेको समयका आधारमा गरिन्छ।
गोल्डेन बुटलार्इ सन् २००६ सम्म गोल्डेन सु भनिन्थ्यो। स्पेनमा सन् १९८२ मा भएको विश्वकपबाट मात्रै गोल्डेन सु दिन थालिएको हो।