काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लबले एएफसी कप छनोटको प्रारम्भिक चरणमा श्रीलंकाको सुपर लिग च्याम्पियन ब्लु स्टार क्लबसँग प्रतिस्पर्धा गर्दैछ।दशरथ रंगशालामा मंगलबार साँझ ५ बजे सुरू हुने खेलमा दुबै क्लबले जितका लागि मैदानमा उत्रिने बताएका छन्। प्रि-म्याच कन्फ्रेन्समा दुवैले एक अर्कालाई बलियो प्रतिद्वन्द्वी भए पनि जितका लागि नै प्रतिस्पर्धा गर्ने बताए।गत संस्करणमा क्लब लाइसेन्स नभएका कारण छनोट गुमाएको मच्छिन्द्रले यस पटक भने आफूलाई समूह चरणमा पुर्याउने लक्ष्य लिएको छ