एएफसी कप छनोट : मच्छिन्द्र क्लब श्रीलङ्काको ब्लु स्टारसँग पराजित

काठमाण्डाै – मच्छिन्द्र फुटबल क्लब एएफसी कप छनोट प्रतियोगिताअन्तर्गत पहिलो खेलमै पराजित भएको छ । मच्छिन्द्रले श्रीलङ्काको ब्लु स्टार स्पोर्टस् क्लबसँग दुई–एक गोल अन्तरले पराजित भएकाे हाे ।  त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा आज मङ्गलवार भएको खेलमा मच्छिन्द्रका कप्तान सुजल श्रेष्ठले मात्र गोल गर्न सके । श्रीलङ्काको ब्लु स्टारका लागि मोहमद इशान र सेनल सन्देशले एक/एक गोल गरे ।  मच्छिन्द्रले पहिलो पटक एएफसी कप छनोट खेलेको हो । गएकाे वर्ष याे छनोट प्रतियोगितामा नेपालबाट त्रिभुवन आर्मी फुटबल क्लब सहभागी भएको थियो । अब...

सम्बन्धित सामग्री

एएफसी कप छनौट खेलमा मच्छिन्द्र क्लब भारतको मोहनबगानसँग पराजित

काठमाडौं । एएफसी कप छनोट खेल अन्तर्गत बुधबार भएको खेलमा नेपाली टोली मच्छिन्द्र फुटबल क्लब भारतको मोहन बगान सुपर जायन्टसँग पराजित भएको छ । पराजयसँगै मच्छिन्द्र एएफसी कप छनोट चरणबाटै बाहिरिएको छ । भारतको कोलकातामा बुधबार साँझ भएको खेलमा मोहन बगानसँग मच्छिन्द ३–१ गोलअन्तरले पराजित भएको हो । मोहन बगानका लागि अनवर अलीले २ र […]

मच्छिन्द्र प्रारम्भिक चरणबाटै बाहिरियो

श्रीलंकाको ब्लु स्टार एससीसँग घरेलु मैदानमा हार खेपेपछि नेपालको शहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लब एएफसी कप छनोट खेलको प्रारम्भिक चरणबाटै बाहिरिएको छ। दशरथ रंगशालमा मंगलबार भएको खेलमा मच्छिन्द्र ब्लु स्टार एससीसँग २–१ गोलले पराजित भयो। ब्लु स्टारको जितमा मोहमेद इसान र सेनाल सन्देशले गोल गर्नुभयो। मछिन्द्रका कप्तान सुजल श्रेष्ठले खेलको अन्तिमा सान्त्वना गोल फर्काउनुभयो।

मच्छिन्द्र र श्रीलंकाको ब्लु स्टारको खेल दशरथ रंगशालामा

एएफसी कप छनोट खेल अन्तर्गत शहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्षटोली मच्छिन्द्र क्लब र श्रीलंकाको ब्लु स्टार क्लबबीचको खेल दशरथ रंगशालामा हुने भएको छ ।

एएफसी कपमा मच्छिन्द्रले श्रीलङ्काको ब्लु स्टारसँग खेल्ने

काठमाण्डौ – एएफसी कप छनोट–२०२२ प्ले अफको पहिलो खेलमा मच्छिन्द्र फुटबल क्लबले श्रीलङ्काको ब्लु स्टारसँग खेल्ने भएको छ।  एसियाली फुटबल महासङ्घ (एएफसी) को तालिका अनुसार मच्छिन्द्रले ब्लु स्टार प्रतिद्वन्द्वी पाएको हो।  दक्षिण एसिया क्षेत्रमा रहेको मच्छिन्द्र र ब्लु स्टारबीचको खेल आउँदो अप्रिल ५ मा दशरथ रङ्गशालामा हुनेछ।  यो खेलमा विजेताले दोस्रो चरणमा भारतको मोहन बगानसँग खेल्नेछ । दोस्रो चरणको खेल अप्रिल १२ मा हुनेछ। मच्छिन्द्र क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको सातौँ चरणसम्म शीर्ष ...