उमेर नपुगी प्रेम विवाह गरि बच्चासमेत जन्माइसकेका प्रेमजाेडीलाई जबरजस्ती करणी करार गरि छुटाइदिने कास्की जिल्ला अदालतकाे फैसला बदर भएकाे छ । उच्च अदालत पाेखराले शुक्रबार जिल्ला अदालतकाे फैसला केही उल्टी गर्दै बालविवाहमा परिणत गरिदिएकाे हाे ।उच्च अदालत पाेखराले जबरजस्ती करणीमा मागदाबी नपुग्ने भन्दै बालविवाह मात्रै ठहर गरेकाे हाे । कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीकाे इजलासले बाल विवाह मात्रै ठहर हुने फैसला सुनाएका हुन् ।बालविवाहकाे कसुरमा बाल सुधारगृहमा रहेका