विराटनगर : सिद्धबाबा उर्फ कृष्णबहादुर गिरीलाई सफाई दिने जिल्ला अदालत सुनसरीको फैसला उच्च अदालत विराटनगरले उल्टाएको छ। उच्च अदालत विराटनगरका कामु मुख्य न्यायाधीश सत्यमोहन जोशी थारु र किरणकुमारी गुप्ताको संयुक्त इजलासले मंगलबार जिल्लाको फैसला बदर गरेको हो।गिरीलाई २०७७ मंसिर २२ गते जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सफाई दिएको थियो। जिल्ला अदालतको आदेश उच्च अदालत विराटनगरले उल्टाएको उच्च अदालत विराटनगरका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए। उनका अनुस