प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्दाको बखत् नै आफू चुनावमा जान चाहेको खुलाएका छन् । गत वर्ष तत्कालीन प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी ओलीले संसद् विघटन गरेर चुनावको मिति घोषणा गर्दा कांग्रेसभित्रै त्यसको प्रतिरोधको आवाज उठे पनि देउवाले अनौपचारिकरुपमा चुनावमा जानु उपयुक्त हुने धारणा राखेका थिए ।