पाकिस्तानका राष्ट्रपति आरिफ अल्भीले संसद् विघटनको प्रस्ताव सदर गर्नुभएको छ । आज आइतवार प्रधानमन्त्री इमरान खानको प्रस्तावलाई उहाँले सदर गरेसँगै पाकिस्तानको संसद् विघटन भएको छ । संसद् विघटनसँगै उहाँले आउँदाे ९० दिनभित्र चुनाव गर्ने घोषणा पनि गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । प्रधानमन्त्री खानले संसद्मा आफूविरुद्धको अविश्वास प्रस्ताव पेस गर्न उपसभामुखले अस्वीकार गरेको केही बेरमै संसद् विघटनको सिफारिस गर्नुभएको हो । विपक्षी दलहरूले काम गर्न नदिएकाले अहिलेको संसद् विघटन गरेर चुनाव जान लागिएको उहाँले ...