अध्यक्ष ठाकुर अस्वस्थ, हेलिकप्टरमा काठमाडौँ ल्याइयो

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर अचानक अस्वस्थ भएपछि उनलाई ग्राण्डी अस्पतालमा भर्ना गरिएको छ । पार्टीले आयोजना गरेको कार्यक्रममा सहभागी हुन नवलपरासी र रुपन्देही गएका अध्यक्ष ठाकुर आज अचानक अस्वस्थ भएपछि हेलिकप्टरबाट उनलाई ग्राण्डी अस्पताल ल्याइएको लोसपाका कार्यकारिणी सदस्य अकवाल अहमदले बताए । ‘अहिले स्वास्थ्य अवस्था सामान्य छ, यहाँका स्थानीय डाक्टरले थप उपचारका लागि काठमाडौँ लग्न भनेपछि हेलिकप्टरबाट ग्राण्डी अस्पताल पठाइएको हो’ उनले भने ।अध्यक्ष ठाकुर हिजो नवल

सम्बन्धित सामग्री

लोसपाको संसदीय दलको नेतामा अध्यक्ष ठाकुर सर्वसम्मत चयन

काठमाडौं, ६ पुष । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर संसदीय दलको नेतामा सर्वसम्मत् रुपमा चयन भएका छन् । आज बसेको दलको बैठकले ठाकुरलाई दलको नेतामा सर्वसम्मत् रुपमा चयन गरेको नेता केशब झाले जानकारी दिए ।

महोत्तरी- ३ मा स्वतन्त्र उम्मेदवार अगाडि, मतान्तर घटाउँदै लोसपा अध्यक्ष ठाकुर

जनकपुरधाम – सुरुवाती चरणदेखि नै निरन्तर पछाडि रहेका महोत्तरी- ३ मा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मतान्तर घटाएका छन् । प्रतिनिधिसभा सदस्यमा उम्मेदवार रहेका अध्यक्ष ठाकुर सुरुवातदेखि नै पछाडि रहेपनि यतिबेला भने निरन्तर रुपमा मतान्तर घटाउँदै लगेका हुन् । साे क्षेत्रमा उनका प्रतिष्पर्धी नेकपा एमालेबाट बागी भएर स्वतन्त्र उम्मेदवारी दिएका रामआधार कापर ५ हजार […]

निर्वाचनमा गठबन्धन गर्नु लोसपाको बाध्यता : अध्यक्ष ठाकुर

काठमाडौँ,२१ कार्तिक । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विभिन्न पार्टीसँग गठबन्धन गर्नु आफ्नो पार्टीको बाध्यता रहेको स्पष्ट पारेका छन् । महोत्तरी सदरमुकाम जलेश्वरमा आइतबार आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन घोषणापत्रको सार्वजनिक गर्दै उनले मधेसी जनतालाई थप अधिकार सम्पन्न बनाउनका लागि विभिन्न ठूला दलसँग निर्वाचनमा […]

लोसपा अध्यक्ष ठाकुर सप्तरी–२ बाट सिफारिस

काठमाडौं, भदौ २२ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका केन्द्रीय अध्यक्ष महन्त ठाकुरलाई सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फबाट सिरफारिस गरिएको छ। जिल्ला समन्वय समिति सप्तरीको सभाहलमा पार्टीको सम्पन्न क्षेत्रीय भेलाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा चुनावका लागि उनको नाम सिफारिस गरिएको पार्टीका केन्द्रीय नेता गजेन्द्र मण्डलले जानकारी दिए। प्रतिनिधिसभा प्रत्यक्षतर्फ लोसपाका […]

अध्यक्ष ठाकुर डिस्चार्ज

मेडिसिटी अस्पतालमा उपचार गराइरहेका लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर स्वास्थ्य लाभ गरि डिस्चार्ज भएका छन् । हिजो बिहान भैरहवामा उनको स्वास्थ्य अवस्था खराब भएपछि थप उपचारका लागि हेलिकप्टरबाट उनलाई काठमाडौँ ल्याएर मेडिसिटीमा भर्ना गरिएको थियो । उनी पार्टीको कार्यक्रममा भैरहवा पुगेका थिए ।हिजो दिनभर उनलाई आइसीयुमा राखेर उपचार गरिएको थियो । सम्पूर्ण जाँच परीक्षणपछि उनको स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै अस्पताललाई अध्यक्ष ठाकुरलाई डिस्चार्ज गरेको लोसपाका कार्यकारिणी सदस्य उ

मधेश अझै पनि विभेदमा छ : अध्यक्ष  ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुरले नागरिकता बिहीनलाई नागरिकता दिन सरकारलाई आग्रह गरेका छन् । नवलपरासीमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले सरकार अध्यादेश मार्फत भएपनि नागरिकता बिहीनलाई नागरिकता दिने व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।  उनले युवाहरुको हातमा एकेडमी सर्टिफिकेट, शिप भएपनि नागरिकता नभएकाले अधिकांश मधेश क्षेत्रका युवाहरु बेरोजगार भएकाले नागरिकहरुको अस्तित्व बचाउनका लागि तत्काल नागरिकता दिन आग्रह गरे । सत्तापक्षले मधेश स्वीकार्छ तर मधेशी किन स्वीकार्दैन

एमसीसी सकारात्मक : अध्यक्ष ठाकुर

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी एमसीसी सम्झौता अनुमोदनको पक्षमा रहेको बताउनुभएको छ । आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष ठाकुरले लोसपा एमसीसीको पक्षमा रहेको बताउनुभएको हो । उहाँले अमेरिकाले विगतदेखि नै सडक, सञ्चार, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गर्दै एमसीसीमार्फत् आएको सहयोग अनुदानको रुपमा आएको […]

जसपाभन्दा हामी बलियो छौं : अध्यक्ष ठाकुर

नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले जसपा भन्दा आफुहरु मजबुत रहेको दाबी गरेका छन् । बुधबार जनकपुर विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै लोसपाका अध्यक्ष ठाकुरले यस्तो बताएका हुन् । अध्यक्ष ठाकुरले  भने– हाम्रो बारेमा कसैले विश्लेषण गरेर हुँदैन, जसपाभन्दा हामी स्ट्रंग छौं ।’ लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता सरदसिंह भण्डारी र राजेन्द्र महतो एकैपटक जनकपुर आएका छन् ।उनीहरुको आगमनलाई निकै महत्वका साथ हेरिएको छ । आज जसपाका जनप्रत

‘अध्यक्ष ठाकुर र नेता महतोबीच असमझदारी छैन, बाहिर अफवाह आयो’ : झा

काठमाडौं, २४ बैशाख । जनता समाजवादी पार्टी, नेपालमा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोबीच असमझदारी भएको भन्ने समाचार कुनै सत्यता नभएको जसपाका नेताहरुले दाबी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले यही बैशाख २७ गते विश्वासको मत लिने भएपछि जसपाभित्र मत दिने वा नदिने भन्नेबारे छलफल भैरहेको थियो । अध्यक्ष ठाकुर प्रधानमन्त्री ओलीलाई साथ […]