जसपाभन्दा हामी बलियो छौं : अध्यक्ष ठाकुर

नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले जसपा भन्दा आफुहरु मजबुत रहेको दाबी गरेका छन् । बुधबार जनकपुर विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै लोसपाका अध्यक्ष ठाकुरले यस्तो बताएका हुन् । अध्यक्ष ठाकुरले  भने– हाम्रो बारेमा कसैले विश्लेषण गरेर हुँदैन, जसपाभन्दा हामी स्ट्रंग छौं ।’ लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता सरदसिंह भण्डारी र राजेन्द्र महतो एकैपटक जनकपुर आएका छन् ।उनीहरुको आगमनलाई निकै महत्वका साथ हेरिएको छ । आज जसपाका जनप्रत