लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुरले नागरिकता बिहीनलाई नागरिकता दिन सरकारलाई आग्रह गरेका छन् । नवलपरासीमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले सरकार अध्यादेश मार्फत भएपनि नागरिकता बिहीनलाई नागरिकता दिने व्यवस्था मिलाउन आग्रह गरेका हुन् । उनले युवाहरुको हातमा एकेडमी सर्टिफिकेट, शिप भएपनि नागरिकता नभएकाले अधिकांश मधेश क्षेत्रका युवाहरु बेरोजगार भएकाले नागरिकहरुको अस्तित्व बचाउनका लागि तत्काल नागरिकता दिन आग्रह गरे । सत्तापक्षले मधेश स्वीकार्छ तर मधेशी किन स्वीकार्दैन