काठमाडौँ : मुलुकको वर्तमान अर्थतन्त्रका विषयमा सरकारका सबै पक्षसँग भएको छलफलले मनोेबल बढ्ने निजी क्षेत्रले बताएको छ। मंगलवार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सरकारका सबै निकायसहित निजी क्षेत्रसँग भएको छलफलपछि सञ्चारकर्मीसँगको कुराकानीमा निजी क्षेत्रले यस्तो प्रतिक्रिया दिएको हो।अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रसँग सरकारले थालेको छलफल सकारात्मक भएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सले यस्तो बताएको हो। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद