नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमा कोरोना संक्रमण पुष्टि भएपछि आज गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित भएको छ । दिउँसो १ बजे पार्टी कार्यालयमा उपस्थित भएर ओलीले पत्रकार सम्मेलन गर्ने भनिएको थियो । तर ओलीमा संक्रमण पुष्टि भएसँगै देशको वर्तमान राजनीतिक अवस्थाबारे प्रेस विज्ञप्तिमार्फत पार्टीको धारणा सार्वजनिक गर्ने तयारी भएको छ। ओलीको सचिवालयका अनुसार आजै प्रेस विज्ञप्तिमार्फत पार्टीको धारणा सार्वजनिक गर्ने तयारी भएको छ । शनिबार एन्टिजेन परीक्षणका क्रममा ओलीमा पोजेटिभ रिपो