प्रदेश १ मा नेकपा माओवादी केन्द्रबाहेक अन्य ठूला दल कांग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले पनि घोषणापत्र बनाउन अझै सकेका छैनन् । माओवादीले केही दिन अगाडि नै आसन्न निर्वाचनलाई केन्द्रित गर्दै प्रदेश १ को घोषणापत्र सार्वजनिक गरिसकेको छ । उसले आफ्नो घोषणापत्र छपाई गरेर गाउँगाउँमा पठाइसकेको जनाएको छ । ‘हामीले २ लाख कपी प्रिन्ट गरेर गाउँगाउँ पठाइसकेका छौं,’ माओवादी प्रदेश १ का अध्यक्ष हर्कबहादुर नेम्वाङले भने ।यता, नेपाली कांग्रेसले डिजिटल कपी तयार पारेर शुद्धाशुद्धि फाइनल हेरिसक