इलाम : इलाम नगरपालिकामा पुर्व-राज्यमन्त्री केशव थापाले २०४९ सालमा कायम गरेको कांग्रेसको विरासत २०५४ मा आइपुग्दा गुम्यो।एमालेका नरेन्द्रनाथ भट्टराईलाई हराउँदै थापा त्यसबेला इलाम नगरपालिकाको मेयर निर्वाचित भएका थिए। त्यसअघि पञ्चायतकालमा २०४३ सालमा पूर्व-जिल्ला सभापति हिमालय कर्मचार्य उहि नरेन्द्रनाथलाई नै हराउँदै इलाम नगरपालिकाको मेयर बनेका थिए।तर, २०५४ मा आइपुग्दा थापा र कर्मचार्यले कायम गरेको कांग्रेसको विरासत एमालेका उम्मेदवार महेश बस्नेतले खोसिदिए। बस्नेतले कर्मचार्यलाई हराउँदै इलाम नगरम