रन्जिता श्रेष्ठ : कैलाली–१ मा ठूला दलहरूलाई गतिलो चुनौती

स्थानीय चुनावको नतिजाले कैलाली–१ मा रन्जिता श्रेष्ठलाई अनुकूल अवस्थामा देखाउँछ । सत्तामा रहेका दलहरूको गठबन्धन चाहिं उनका लागि चुनौती भएको छ । कैलालीमा विजयी भएर थारू आन्दोलन मात्र होइन, जेलमा रहेका आफ्ना श्रीमान्‌को साख जोगाउन उनले गठबन्धनको मात्र नभएर एमालेको पनि भोट तान्नुपर्ने देखिन्छ ।

सम्बन्धित सामग्री

कोहलपुरबाट मालपोत र नापी सेवा

नेपालगन्ज– बाँकेको कोहलपुर नगरपालिकाबाट मालपोत र नापी कार्यालयको सेवा शुभारम्भ गरिएको छ । सेवाग्राहीलाई सरल र सहज तरिकाबाट सेवा प्रदान गर्ने उद्देश्यले बुधबार एक कार्यक्रमका बीच भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठ चौधरीले औपचारिक रूपमा उद्घाटन गरेसँगै सेवा सुचारु भएको हो । कार्यालयको सेवा प्रवाह शुभारम्भ गर्दै मन्त्री चौधरीले कोहलपुर क्षेत्रका नागरिकहरू मालपोत […]

असनको क्वथुननि संरक्षण गर्न मन्त्री श्रेष्ठसँग अनुरोध

काठमाडौं : ऐतिहासिक र पुरातात्त्विक महत्त्व बोकेको असनको क्वथुननि संरक्षण गर्नुपर्ने मागसहितको प्रतिवेदन भूमि व्यवस्था तथा सहकारीमन्त्री रन्जिता श्रेष्ठ चौधरीलाई हस्तान्तरण गरिएको छ। असन क्वथुननि बचाउ अभियानले मन्त्री श्रेष्ठलाई सम्बन्धित ठाउँमा निरीक्षण गराएपश्चात् प्रतिवेदन हस्तान्तरण गरेको हो। अभियानले हस्तान्तरण गरेको प्रतिवदेन बुझ्दै मन्त्री श्रेष्ठले क्वथुननिको विषयमा आफ्नो ध्यानाकर्षण भएको तथा यसको विषयमा सत्यतथ्य बुझ्ने आश्वासन दिइन्।क्वथुननिमा अहिले पनि ५ सय वर्ष पुरानो अमिताभ बुद्

हाम्रो मूल मुद्दा राजबन्धीको रिहाई हो, पदमा जान कुनै हतार छैन- रन्जिता श्रेष्ठ

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चाैधरीले राजबन्दीहरूकाे रिहाइ नभएसम्म सरकारमा सामेल नहुने अडान दाेहाेर्‍याएकी छन् ।

हामीलाई दया होइन, न्याय चाहिएको छ : रन्जिता श्रेष्ठ

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले सरकारलाई विश्वासको मत दिएपनि सरकारमा नजाने बताएकी छिन्। सोमबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीलाई विश्वासको मतको प्रस्तावको छलफलमा सहभागी हुँदै उनले रेशम चौधरीलगायतको रिहाई नभएसम्म प्रतिपक्षमै...

नागरिक उन्मुक्तिका सांसदले थारू भाषामा शपथ लिँदै

पार्टीका संरक्षक रेशम चौधरीको  रिहाइको प्रक्रिया अगाडि नबढाइए शपथसमेत नखाने बताउँदै आएका नागरिक उन्मुक्ति पार्टीका सांसदले अन्ततः शपथ लिने भएका छन् ।  नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले भनिन्,‘शपथ नखाए सांसदको औपचारिक मान्यता नपाइने भएकाले पार्टी केन्द्रीय समितिको बैठक बसी शपथ खाने निर्णय लिएका हौं ।’पार्टीका ३ जना सांसद रन्जिता श्रेष्ठ चौधरी, अरुण चौधरी, गंगा चौधरी तथा पार्टीले समर्थन गरी जितेका स्वतन्त्र सांसद लालवीर चौधरी थारु भाषामा शपथ

रन्जिता श्रेष्ठ र पूर्व स्वास्थ्यमन्त्री रामजनम चौधरीबीच २३१९ मतान्तर

कैलाली क्षेत्र नम्बर १ को मतगणनामा नागरिक उन्मुक्ति पार्टीकी रन्जिता श्रेष्ठको अग्रता कायमै छ।

नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कार्यालयमा तोडफोड

नागरिक उन्मुक्ति पार्टी केन्द्रीय कार्यालय टीकापुरमा आइतबार राति ढुंगामुढा गर्दै तोडफोड गरिएको छ । पार्टीकी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीका अनुसार राती साढे १२ बजे अपरिचित समूहले ढुंगामुढा गरेको थियो । रन्जिताको बसाइँ पनि पार्टी कार्यालयमै थियो । ढुंगामुढा गर्ने समूह भित्र भने छिरेन । राती नै प्रहरी प्रशासनलाई खबर गरिए पनि प्रहरीको फोन नउठेको अध्यक्ष चौधरीको भनाइ छ । पार्टीले पत्रकार सम्मेलन गरेर ढुंगामुढाको भर्त्सना गर्ने जनाएको छ ।

प्रतिनिधिसभा सदस्यमा बर्दिया–२ बाट रेशम चौधरीले उम्मेदवारी दिने

नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले आसन्न प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीबाट रेशम चौधरी पनि उम्मेदवार बन्ने बताएकी छन् । रेशम चौधरीले बर्दिया–२ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने चाहना राखेको अध्यक्ष श्रेष्ठले बताइन् ।हाल जेलमा रहेका चौधरीले कानुन व्यवसायीसँग यसबारे छलफल गरेको र उम्मेदवार बन्न कानुनी अड्चन नरहेको भन्ने निष्कर्ष निकालिएको उनको भनाइ छ । रेशम उम्मेदवार बन्न लागेपछि नागरिक उन्मुक्ति पार्टीले उक्त क्षेत्रमा आक्रमक ढंगले पार्टीको संगठन

विदेशी नोटहरूसहित विमानस्थलबाट दुई जना पक्राउ

काठमाडौँ– विदेशी नोटसहित दुई नेपाली पक्राउ परेका छन् । नेपाल एयरलाइन्सको उडानबाट दुबई जान लागेकी ५६ वर्षीया सहनशीला बज्राचार्य र कतार एयरवेजको उडानमार्फत अस्ट्रेलिया उड्न लागेकी २३ वर्षीया रन्जिता श्रेष्ठ पक्राउ परेका हुन् । काठमाडौँ महानगरपालिका–२ की शाक्यले बोकेको निलो रङको ह्याण्ड ब्याग जाँच गर्दा सात हजार ७०० यूरो, एक हजार ९०० क्यानेडियन डलर, एक […]

अष्ट्रेलिया जान लागेकी युवती अवैध विदेशी मुद्रासहित विमानस्थलमा पक्राउ

अष्ट्रेलिया जान लागेकी युवतीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध विदेशी मुद्रासहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको बोर्लाङ–८ घर भएकी २३ वर्षीया रन्जिता श्रेष्ठ छिन् ।कतार एयरलाइन्सको उडान नम्बर क्यूआर–६४७ मार्फत उनी दोहा हुँदै अष्ट्रेलिया जान लागेकी थिइन् । उनको साथबाट अवैध तरिकाले लुकाएर लैजान लागेको १९ हजार ६ सय अष्ट्रेलियन डलर र ४२ अमेरिकी डलर बरामद गरिएको छ ।शनिवार पक्राउ परेकी रञ्जितालाई थप अनुसन्धान र कारवाहीका लागी राजस्व अनुसन्धान विभाग हरिहर भवनमा