काठमाडौं । भारतबाट आयात रोकिएपछि नेपालको औद्योगिक क्षेत्रमा विद्युत् कटौती गर्न थालिएको छ । नेपाल विद्युत् प्राधिकरणले पिक आवरमा औद्योगिक क्षेत्रमा अघोषित लोडसेडिङ सुरू गरेको छ । बिहान सात बजेदेखि ११ बजेसम्म र साँझ पाँच बजेदेखि १० बजेसम्म गरी दैनिक नौ घन्टा औद्योगिक क्षेत्रमा विद्युत् कटौती गर्न थालिएको हो । प्राधिकरणले विराटनगर, वीरगन्ज, नेपालगन्ज, भैरहवा, पोखरालगायतका […]
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले निर्धारण गरेको भाडा महँगो भएको भन्दै भाडा नतिर्ने घोषणा गरेका उद्योगीहरूले औद्योगिक क्षेत्रमा ताला लगाएका छन्।...
२५ मंसिर,बुटवल । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकैपटक भारी मात्रामा भाडा वृद्धि गरेको भन्दै उद्योगीहरुले बुटवल औद्योगिक क्षेत्रमा तालाबन्दी गरेका छन् । नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले घोषणा गरेको चरणबद्ध आन्दोलनको कार्यक्रम अन्तरगत बुटवल औद्योगिक क्षेत्र उद्योग संघ, रूपन्देही उद्योग संघ र नेपाल उद्योग परिसंघको नेतृत्वमा गएका उद्योगीहरूले व्यवस्थापन कार्यालयका प्रमुख तथा प्रशासन प्रमुखको कार्यकक्षमा […]
काठमाडौँ । काठमाडौँको बालाजुस्थित औद्योगिक क्षेत्रमा बुधबार आगलागी भएको छ । बालाजु औद्योगिक क्षेत्रको एक जुत्ता फ्याक्ट्रीमा आगलागी भएको खबर आएको प्रहरीले जनाएको छ । त्यसतर्फ दमकल पठाइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी दिनेश मैनालीले आगलागी भएको क्षेत्र ‘मनिटरिङ’ गरिरहेको बताए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
काठमाडौं– युक्रेनमा रुसी फौजको चौतर्फी घेराबन्दीमा परेको मारिउपोल शहरस्थित एजोभस्तल औद्योगिक क्षेत्रमा भीषण भिडन्त शुरु भएको छ । एजोभस्तल औद्योगिक क्षेत्रमा रहेका युक्रेनी फौजका कमाण्डरले भीषण भिडन्त शुरु भएको जानकारी दिएका हुन् । बेलायतबाट प्रकाशित हुने द गार्जियनले जनाएअनुसार रुसी फौजले एजोभस्तल क्षेत्रमा आक्रमणलाई तीव्रता दिएका छन् । सो क्षेत्रमा रहेको एजोभ रेजिमेन्टका कमाण्डर डेनिस […]
काठमाडौं, चैत १४ । अन्तर्राष्ट्रिय परिस्थितिलाई कारण देखाउँदै नेपाल विद्युत् प्राधिकरणले पछिल्लो समय औद्योगिक क्षेत्रमा लोडसेडिङको समय बढाउँदै लगेको छ। अघोषित लोडसेडिङका कारण हेटौँडा औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका उद्योगहरूको उत्पादन प्रभावित भएको छ। विद्युत् प्राधिकरणले लोडसेडिङको समय बढाएसँगै उद्योगहरूको दैनिक उत्पादनमा कटौती भएको हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ। अघिल्लो सातासम्म दैनिक एक(डेढ घण्टा […]
काठमाडौं : बालाजुस्थित औद्योगिक क्षेत्रमा शुक्रबा रातिदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। काठमाडौं महानगरपालिका–१६ स्थित औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुट उद्योगमा राति पौने दुई बजेदेखि आगो लागिरहेको प्रहरीले बताएको छ।प्रहरी र स्थानीयको सक्रियतामा आठवटा वारुणयन्त्रले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ। आगोलागीको कारण खुलेको छैन। क्षतिको विवरण पनि आइसकेको छैन।
काठमाडौँ। बालाजु औद्योगिक क्षेत्रमा शुक्रवार रातिदेखि भीषण आगलागी भएको छ । शुक्रवार राति दुई बजेदेखि भएको आगलागी अझै नियन्त्रणमा आउन नसकेको प्रहरी वृत्त बालाजुले जानकारी दिएको छ । प्रहरीका अनुसार १९ वटा पानी ट्याङ्कर ९ वटा वारुणयन्त्रे आगो निभाउने प्रयास भए पनि नियन्त्रणमा आउन सकेको छैन । औद्योगिक क्षेत्रमा रहेको एक बिस्कुट फ्याक्ट्रीमा आगलागी भएको […]
उद्योगीहरु औद्योगिक क्षेत्रतर्फ आकर्षित नभएपछि सरकारले औद्योगिक क्षेत्रमा उद्योग स्थापना गर्ने तथा स्थानान्तरण गर्ने उद्योगलाई छुटको सुविधा दिने भएको छ । जग्गाको अत्यधिक मूल्यका कारण उद्योग खोल्न नै समस्यामा परेको लगानीकर्ताले गुनासो गरिरहेको बेला सरकारले निर्माणाधीन औद्योगिक क्षेत्रमा उद्योग खोल्ने व्यवसायीलाई कर, पूर्वाधार लगायतका सुविधा दिन प्रक्रिया अघि बढाएको हो ।औद्योगिक पूर्वाधार निर्माणका लागि सरकारले […]