इलाम : नेपाली महिला राष्ट्रिय टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले चाँडै मैदान फर्किएर फुटबलप्रेमीलाई खुशी बनाउन प्रयास गर्ने बताएकी छन्। सामाजिक सञ्जालमा लेख्दै नेपाली 'गोल मेसिन' उपनाम पाएकी साम्बाले खेल जीवनको पछिल्लो १ वर्ष पीडादायक रहेको उल्लेख गरेकी छन्।उनले लेखेकी छन् ‘खेल जीवनमा पछिल्लो झण्डै एक वर्ष मेरा लागि सबैभन्दा पीडादायक रह्यो। गत वर्ष लिग खेल्ने क्रममा घुँडामा लागेको चोटका कारण फेरि मैदानमा फर्कन सक्दिनँ कि भन्ने चिन्ताले धेरै सताएको थ